• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:शनिबार ११ श्रावण, २०८२
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / मधेश

    राहत वितरणमा झडप, सातजना घाइते

  • वीरगंज संजाल
  • १२ बैशाख २०७७, शुक्रबार १७:३३
  • ३१८९

    राजविराज | राहत वितरणको विषयमा बढेको विवादले सप्तरीमा झडप हुँदा दुबै पक्षका सातजना घाइते भएका छन् ।  डाकनेश्वरी नगरपालिका -८ गम्हरिया प्रवाहामा बिहीबार राती वडा अध्यक्ष उमेशकुमार यादव पक्षधर र असन्तुष्ट पक्षबीच झडप हुँदा सातजना घाइते भएका हुन् ।

     

    राहत वितरणमा अवरोध गरेको भन्दै बिहीबार राती मादक पदार्थ सेवन गरी आएका वडा अध्यक्ष पक्षधरले घरमै आक्रमण गरेको घाइते यानचन मण्डलको आरोप छ । आक्रमणबाट यानचनसहित उनकी दिदी रामवतीदेबी मण्डल, छिमेकी लालदेव मण्डल र निजकी श्रीमती रतनीदेवी मण्डल घाइते भएका छन् ।

     

    यता वडा अध्यक्ष पक्षका रञ्जित मण्डल गम्भीर घाइते छन् । रञ्जितको राजविराजमा उपचार हुन नसकेपछि न्युरो अस्पताल विराटनगर हुँदै हाल बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आइसीयुमा उपचार भइरहेको छ ।

     

    उनका साथमा रहेका रामप्रसाद मण्डल र गजेन्द्र यादवको राजविराजस्थित छिन्नमस्ता अस्पतालमा उपचार भइरहेको छ । सोही अस्पतालमा विपक्षी यानचन र रामवतीको पनि उपचार भइरहेको छ । लालदेव र रतनीको गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा उपचार भएको छ ।

     

     

     

     

     

     

    राजनीतिक दलका प्रतिनिधिलाई नराखी केही युवाहरूका साथ राहत वितरण गर्न पुगेका वडा अध्यक्षलाई हातपात गर्दै राहत सामग्री राखिएको कोठामा गाउँलेले तालाबन्दी गरेपछि बढेको विवाद झडपमा परिणत भएको गम्हरिया प्रवाहाका पूर्व गाविस अध्यक्ष रामलखन मुखियाले बताए ।

     

    वडा अध्यक्षको कार्यशैलीप्रति उनकै पार्टी संघीय समाजवादी फोरमका गाउँ कमिटी अध्यक्ष उदयकान्त यादव समेत असन्तुष्ट छन् । नियमअनुसार राजनीतिक दलका आधिकारिक प्रतिनिधिलाई नराखी आसेपासे र सम्पन्नलाई राहत दिन खोजेपछि गाउँनै विरोधमा उत्रिएको उदयकान्तले बताए । ‘बचाउ गर्ने कार्यकर्ताले नै घेराउ गरे, मतदाताले नै गोबर र माटो छ्यापे, पार्टीले समेत पक्ष लिने अवस्था रहेन,’ उदयकान्तले लाचारी प्रकट गरे ।

     

    करिब तीन सयको संख्यामा रहेका दलित, विपन्नहरूको भीडले आक्रमण गरेपछि प्रहरीले वडा अध्यक्षलाई जोगाएर लगेको स्थानीय बिनोद यादव बताए । लकडाउनबाट प्रभावितको साटो आसेपासेलाई राहत वितरण गर्न थालेपछि आक्रोशित गाउँलेले वडा कार्यालय घेराउ गरे भने नेकपा, नेपाली कांग्रेस र राजपाले तालाबन्दी गरे । विरोध र तालाबन्दीपछि राहत वितरण स्थगित छ ।

     

    राहत वितरण गर्न नदिएर गालीगलौज र ढुंगामुढा गर्नेहरूको घरमा पुगेर राती नै सम्झाउन पुगेका बेला आफ्ना मानिसलाई धारिलो हतियार फर्सा, गर्सालगायतले प्रहार गरेको वडा अध्यक्ष उमेशले बताए । वडा अध्यक्ष उमेश भन्छन्-‘राहतका लागि वडालाई साढे तीन लाख रूपैयाँ छुट्याइएको थियो, दलका प्रतिनिधिले एक हजार बढीको नाम ल्याए ।’

     

    राहत वितरणमा अवरोध गरेको भन्दै मादक पदार्थ खाई घर प्रवेश गरी कुटपिट गर्न थालेपछि आक्रोशित गाउँलेले वडा अध्यक्ष पक्षका मानिसलाई लखेटेको वडा सदस्य मानवीर रजकले बताए ।

     

    वडा अध्यक्षले कसैको सल्लाह नलिने गरेको वडा सदस्य रजकले दुखेसो सुनाए । घाइते गजेन्द्रका भाइ सुरेन्द्रले भने, ‘यानचनको घर गएर छिमेकीबीच आपसमा रिस आवेश राख्न नहुने भन्दै सम्झाएर घर फर्किएपछि यानचनको समूहले आक्रमण गरेका हुन् ।’

     

    अस्पतालमा उपचाररत दुबै पक्षका घाइतेले एक अर्काविरुद्ध कान’नी कारवाहीका लागि जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको बताए । सरकारको निर्णयबमोजिम लकडाउनले प्रभावित परिवारलाई राहत वितरण गर्न प्रदेश सरकारले गाउँपालिकालाई पहिलो चरणको रकम पठाइसकेको छ र दोस्रो चरणको राहत समेत घोषणा गरिसकेको छ । तर सप्तरीमा कतिपय स्थानीय तहले अझै पहिलो चरणको राहत वितरण गर्न सकेको छैन् । राहत वितरण भएका कतिपय स्थानीय तहमा तीव्र विवाद देखिएको छ ।

     

    राहतका विषयमा कतै वडा कार्यालयमा तालाबन्दी भएको छ त कतै जनप्रतिनिधिमाथि हातपात भएको छ । राहत वितरणमा अनियमतिता भएको भन्दै शम्भुनाथमा राहत बहिष्कार, कञ्चनरूप र खडकमा घेराउ, डाकनेश्वरीमा तालाबन्दी, हातपात, सप्तकोशी, बोदे बर्साइन र हनुमाननगरमा विरोध प्रदर्शन भएका छन् ।

     

    राहत वितरणमा ढिलाइ भएपछि दैनिक ज्याला मजदुरी गरेर पेट पाल्ने गरिब, विपन्नको जीवन जोखिममा परेको छ । उनीहरूले लकडाउनको अवधि लम्बिँदै गएको र राहत वितरणमा राजनीति र भ्रष्टाचार बढदै गएको गुनासो गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    वीरगन्ज महानगरपालिकामा साउन १३ गतेदेखि वर्षे विदा

    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –birgunjsanjal@gmail.com
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑