भारत बिहारका ३७ जना कामदारहरु वीरगन्जको अलौबाट नियन्त्रण
वीरगंज संजाल
१० बैशाख २०७७, बुधबार १८:४०
३७६१
वीरगंज । सशस्त्र प्रहरी बेस क्याम्प अलौले ४ दिन अगाडी सिरहबाट पैदल हिडी ३७ जना भारतीय कामदारहरुलाई सिमाबाट नियन्त्रणमा लिएको छ । सिरहाको मिरचैयामा सुर्या सिमेन्टमा काम गर्ने बताउने कामदारहरुले ४ दिन अगाडी सिरहबाट पैदल हिडी बिरगंज पुगेर सिमा पारी घर जाने क्रममा प्रहरीले नियनत्रणमा लिएको हो ।
सिरहाको मिरचैमा गैस, तरकारी, चामल, दाल सहित अन्य खानेकुराको अभावले गर्दा हामी त्याहाबाट हिडेर बाध्य भएका छौ ।
४ दिन देखी भोकभोकै हिडेका छौ र अब पनि घर नपुग्ने आशा पालाएको कामदारहरु रुदै भने ।
भारत बिहारको गोपालगंज र मोतिहारी र युपीको देवरियाका ६ जना सहित ३७ जना भारतीय कामदार बिरगंजमा अलपत्र अवस्थामा रहेका छन । कामदारहरुको बारेमा बिरगंज महानगरपालिकाका मेयर बिजय सरावगी सित बुझदा भारतीय दुतावासले भारतका मानिसहरुलाई ठाकुरराम बहुमुखी क्याम्पस बिरगंजमा रहेको क्वारेन्टाईनमा राखिने र सम्मपुर्ण ब्यवस्थापन सोही ठाउमा हुने गरी सशस्त्र प्रहरी अलौका प्रहरी निरिक्षक संग कुरा गरी ब्यवस्थापन मिलाउने बताउनु भयो ।