श्रीलंकाले नेपालबाट आफ्नो विद्यार्थी फिर्ता लैजाँदै
वीरगंज संजाल
१० बैशाख २०७७, बुधबार १८:३६
२९३३
काठमाडौं : श्रीलंकाले नेपालबाट आफ्नो विद्यार्थी फिर्ता लैजाने भएको छ । शुक्रबार काठमाडौंबाट ९३ जना नागरिकलाई श्रीलंका फिर्ता लैजाने तालिका रहेको जनाएको छ ।
त्यस्तै श्रीलंकाले भारत र पाकिस्तानमा समेत रोकिएका आफ्ना विद्यार्थीलाई फिर्ता लैजाने भएको हो । श्रीलंकाले चार्टर्ड उडान गरी नेपाल, भारत र पाकिस्तानबाट आफ्नो विद्यार्थीलाई घर लैजान लागेको हो ।
श्रीलंकन विदेश मन्त्रालयले विदेशमा फसेका आफ्ना विद्यार्थीको उद्धार गर्ने नीतिअनुसार यी तीन मुलुकमा विशेष उडानको व्यवस्थापन मिलाइएको हो ।
यसअघि श्रीलंकाले चीनको बुहानबाट समेत आफ्ना विद्यार्थीलाई फिर्ता लगेको थियो ।
श्रीलंकाले मंगलबार पाकिस्तानका लाहौर र कराँचीबाट क्रमशः ९३ र २० नागरिकको उद्धार गरेको छ ।
बिहीबार र शुक्रबार श्रीलंकाले भारतका विभिन्न शहरबाट आफ्ना विद्यार्थीलाई फिर्ता लैजाने भएको छ । त्यसमा अमृतसर तथा कोयम्बटूरजस्ता शहरमा विशेष उडानको तयारी छ ।
यी सबै शहरमा श्रीलंकाको राष्ट्रिय ध्वजाबाहक श्रीलंका एयरलाइन्स उडान गर्ने भएको छ ।
यसअघि नेपालबाट बंगलादेश र माल्दिम्भले आफ्ना नागरिकलाई फिर्ता लगेका छन् ।