• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    लकडाउन लम्बिए पढाइका तीन विकल्प

  • वीरगंज संजाल
  • १० बैशाख २०७७, बुधबार ०८:५१
  • ४४८९

    काठमाडौं, १० बैसाख । कोरोना भाइरस संक्रमण त्रासका कारण शिक्षण संस्था लामो समयसम्म बन्द रहे पढाइ तथा परीक्षा सञ्चालनका लागि विभिन्न पद्धतिबारे शिक्षा मन्त्रालयले छलफल सुरु गरेको छ ।

     

    लकडाउनका कारण शिक्षण संस्था बन्द भएर शैक्षिक सत्र नै तल–माथि हुन सक्ने खतरा बढेपछि मन्त्रालयले पढाइबारे तयारी गरेको हो । मन्त्रालयले पूर्व विज्ञान तथा प्रविधिमन्त्री गणेश साहको संयोजकत्वमा २८ सदस्यीय समिति बनाएर कोरोनाको प्रभाव शिक्षण संस्थामा कसरी न्यूनीकरण गर्न सकिन्छ भन्ने विषयमा अध्ययन थालेको छ ।

     

    उक्त समितिका सदस्यमध्येबाट विषयविद् सम्मिलित ६ वटा उपसमिति गठन गरेको छ । नेपाल खुला विश्वविद्यालयका उपकुलपति प्राडा लेखनाथ शर्माको संयोजकत्वमा रहेको शिक्षण विधि तथा विकल्प उपसमितिले पढाइका विकल्पबारे अध्ययन गरिरहेको छ ।

     

    संयोजक शर्माका अनुसार पहिलो विकल्पका रूपमा अनलाइन माध्यमबाट पढाउन सकिन्छ कि भन्ने विषयमा छलफल भइरहेको छ । तर, मुलुकभरका विद्यार्थीलाई अनलाइन माध्यमबाट पढाउँदा प्रभावकारी हुनेमा उक्त उपसमितिका सदस्य नै विश्वस्त छैनन् ।

     

    अनलाइनबाट पढाउँदा प्रभावकारी हुन नसक्ने ठाउँमा स्थानीय तहमा क्रियाशील सञ्चारमाध्यममार्फत पढाउने विषयमा छलफल भएको छ । स्थानीय तहमा सञ्चालित रेडियो, टेलिभिजन, पत्रपत्रिका तथा अनलाइनलाई प्रयोग गर्ने विषयमा अध्ययन भइरहेको छ ।

     

    एक –अनलाइन माध्यमबाट पढाउन सकिने
    दुई– सञ्चारमाध्यममार्फत पढाइने
    तीन – सहजकर्ता र अभिभावकलाई परिचालन गर्न सकिने

     

    यो माध्यमबाट पनि पढाइ सम्भव नहुने क्षेत्रमा सहजकर्तामार्फत र अभिभावकलाई परिचालन गरेर पढाइ सुचारु गराउने विषयमा पनि अध्ययन भइरहेको छ । शर्मा नेतृत्वको उपसमितिले यस विषयमा अनौपचारिक रूपमा आफ्ना अवधारणा साह नेतृत्वको समिति समक्ष पेस गरिसकेको छ ।

     

     

     

     

     

     

     

    ‘पढाइ सुचारु गर्न धेरै विकल्प छन् । तर, छोटो समयको तयारीबाट गर्नुपर्ने भएकाले सोचे जस्तो सफलता पाइन्छ कि पाइँदैन भन्ने विषयमा हामी आफंै ढुक्क छैनौं’, शर्माले भने, ‘हामीले सकेजति कोसिस गरिरहेका छौं । हेरांै कति सफल भइन्छ ।’

     

    विद्यालय तहदेखि विश्वविद्यालयसम्मको पढाइ वैकल्पिक तरिकाबाट सञ्चालन गर्नुपर्ने हुन्छ । कोरोना संक्रमण त्रासका कारण लकडाउन गरिएको भारत, बेलायत, अमेरिकालगायत मुलुकमा पनि यही विधिबाट पढाइ सञ्चालन भइरहेकाले नेपालमा पनि अभ्यास गर्न लागिएको शर्माले बताए ।

     

    कोरोना संक्रमण त्रासका कारण विद्यालय तहमा सबैभन्दा धेरै परीक्षार्थी सहभागी हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा ११ र १२ को परीक्षा समेत रोकिएको छ । त्यसबाहेक सबै विश्वविद्यालयको परीक्षा तथा पढाइ रोकिएको छ ।

     

    शिक्षाविद्ले भने विद्यालयले नै सञ्चालन गरेको पहिलो, दोस्रो र तेस्रो तहको परीक्षामा परीक्षार्थीले पाएको प्राप्तांकलाई आधार मानेर परीक्षार्थीलाई वार्षिक परीक्षाको अंक दिएर उत्तीर्ण गराउन सरकारलाई सुझाव दिएका छन् ।

     

    वैकल्पिक माध्यमबाट पढाइ सञ्चालन गर्दा विद्यालयदेखि विश्वविद्यालय तहसम्मका ७५ लाखभन्दा बढी विद्यार्थीलाई समेट्नुपर्ने हुन्छ । शिक्षा मन्त्रालयका प्रवक्ता दीपक शर्माले भने, ‘लकडाउन लामो समयसम्म लम्बिएन भने त पुरानै पद्धतिअनुसार पढाइ सञ्चालन गरे पनि अप्ठ्यारो पर्दैन । तर, लकडाउन छोटिएन भने विभिन्न विकल्पबारे सोचिएको छ ।’ कोरोना त्रासका कारण सरकारले चैत ११ गतेदेखि मुलुकभर लकडाउन गरेको छ । अन्नपूर्ण पोष्टबाट

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑