• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कुहिएको दाल बाँडेको आरोपमा कलैयाका मेयरसहित १० जना पक्राउ

  • वीरगंज संजाल
  • ९ बैशाख २०७७, मंगलवार १५:२९
  • २८५७

    वीरगन्ज | राहतमा कुहिएको दाल वितरण गरेको आरोपमा प्रहरीले बाराको कलैया उपमहानगरपालिकाका नगर प्रमुख र ५ जना वडा अध्यक्ष सहित १० जनालाई नियन्त्रणमा लिएको छ । प्रहरीले कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादवलाइ मङगलबार नियन्त्रणमा लिएको हो । तीनजना वडा अध्यक्षलाइ सोमबार र दुईजना वडा अध्यक्षलाई भने आइतबार प्रहरीले नियन्त्रणमा लिएको हो ।

    प्रहरीले सोमबार वडा नम्बर ११ का वडा अध्यक्ष सर्बनारायण चौधरी, वडा नम्बर १३ का वडाध्यक्ष राजन पटेल र वडा नम्बर २६ का वडाध्यक्ष महेश साहलाई  नियन्त्रणमा लिएको थियो । यस्तै आइतबार प्रहरीले वडा नम्बर १ का वडा अध्यक्ष हरिओम साह र वडा नम्बर ७ का वडा अध्यक्ष सर्फुल्लाह अन्सारीलाइ नियन्त्रणमा लिएको थियो ।

    आइतबार नै प्रहरीले वडा नम्बर २० का वडा सचिव खेदु मियाँ, कलैया ७ स्थित यादव आइस एण्ड कोल्ड स्टोरका कर्मचारी कृष्णप्रसाद यादव र वीरगन्जको  धनलक्ष्मी दाल मिलका संचालक तेजकरण जैनलाई नियन्त्रणमा लिइएको थियो ।

    मङगलबार नगर प्रमुख यादवलाइ कलैया बजारबाट नियन्त्रणमा लिइएको बाराका प्रहरी नायव उपरिक्षक गौतम मिश्रले जानकारी दिए । मङगलवार नै यादव आइस एन्ड कोल्ड स्टोरका कर्मचारी बच्चु यादवलाइ पनि नियन्त्रणमा लिइएको मिश्रले बताए ।

    नियन्त्रणमा लिइएका नगर प्रमुख , वडा अध्यक्षसहित १० जना सबैलाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको बाराका प्रहरी नायव उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

    कुहिएको दाल वितरणमा नगर प्रमुख यादवको नाम पनि मुछिएकाले अनुसन्धानका लागि नियन्त्रणमा लिएको जानकारी दिँदै प्रहरी नायव उपरीक्षक मिश्रले भने, ‘ प्रहरी हिरासतमा रहेका यादवसँग बयान लिने काम भइरहेको छ ।

    कलैया उपमहानगरपालिका वडा नम्बर २० बसतपुरमा चैत २८ मा राहतमा बाँड्नका लागि वडा अध्यक्षले लगेको दाल कुहिएको भेटिएको थियो । उक्त दाल खरिद गरिएको कलैया ७ स्थित यादव आइस एण्ड कोल्ड स्टोरमा प्रहरीले चैत २९ गते छापा मारेर त्यहा भण्डारण गरि राखिएको ३ सय ८० बोरा दाल जफत गरी कोल्ड स्टोर सिल गरेको थियो ।

    जफत गरिएको दालको नमुना संकलन गरि प्रहरीले परीक्षणका लागि हेटौडा स्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण प्रयोगशालामा पठाएको थियो । प्रयोगशालाबाट आएको रिपोर्टमा दाल गुणस्तरहीन र खान अयोग्य रहेको पुष्टि भएपछि प्रहरीले यस विषयमा अनुसन्धान प्रकृया अगाडि बढाएको हो ।

    त्यहि क्रममा प्रहरीले नगर प्रमुख यादव, वडा अध्यक्षसहित १० जनालाई नियन्त्रणमा लिएको हो ।  दाल जफत गरिएको कोल्ड स्टोर , नगर प्रमुख यादवको रहेको बताइए पनि यादवका काकाका छोरा रविन्द्र यादवले भने कोल्ड स्टोरको सन्चालक आफू रहेको बताउँदै आएका छन् ।

    रविन्द्रले कोल्डर स्टोर आफ्नो बुबा राम प्रसाद यादवको नाममा दर्ता रहेको तर बुबाको ५-६ वर्ष पहिले निधन भएपछि आफुले नै कोल्ड स्टोर संचालन गर्दै आएको जिकिर गर्दै आएका छन् ।

    रविन्द्र यादवले कोल्डस्टोर आफ्नो रहेपनि वीरगन्जको धनलक्ष्मी दाल मिलका संचालक तेजकरण जैनले भाडामा लिएर दालको कारोबार गर्दै आइरहेको बताए । प्रहरीले बरामद गरेको दाल पनि जैनकै रहेको रविन्द्रको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑