• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सप्तरीबाट २१ जनाको स्वाब पठाइयो

  • वीरगंज संजाल
  • ९ बैशाख २०७७, मंगलवार १२:५८
  • २७५५

    राजविराज | संक्रमित बसेका विभिन्न स्थान पत्ता लागेपछि तीव्र परीक्षण थालेको सप्तरीको राजविराज अस्पतालले भारतको जमातबाट आएका १२ सहित २१ जनाको स्वाब परीक्षणका लागि धरान पठाएको छ। रिपोर्ट पोजेटिभ आएका एक जनाको परिवारका सदस्यसहित भारतको दिल्लीलगायत विभिन्न राज्यमा तब्लिगी जमातद्वारा आयोजित इस्लाम धर्मको प्रचारमा गएका जमातीको स्वाब परीक्षणका लागि धरान पठाइएको हो।

     

    उदयपुरको त्रियुगा नगरपालिका–३ भुल्केस्थित मस्जिदमा फेला परेका १३ जना कोरोना संक्रमित सप्तरीको विभिन्न मस्जिदमा बस्दै गएको पत्ता लागेपछि आरडिटी परीक्षण तीव्र पारेको सप्तरीमा दुई दिनको अवधिमा दुई सय ३८ जनाको आरडीटी परीक्षण गरिएको छ।

     

    यसैगरी, तिरहुतको डिमन गाउँपालिकास्थित क्वारेन्टाइनमा राखिएका १२ जमातीसहित २१ जनाको स्वाब पीसीआर प्रविधिबाट परीक्षण गर्न बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको अस्पतालले जनाएको छ।

     

    आरडीटी परीक्षणमा रिपोर्ट पोजेटिभ आएका ७१ वर्षीय ज्येष्ठ नागरिक, उनको श्रीमती र छोरा, साढे एक महिनाअघि अमोरिकाबाट नेपाल आएका ६२ वर्षीय एक जना तथा कतारबाट आएका पाँच जनाको स्वाब निकालेर धरान पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. चुमनलाल दासले बताए।

     

    सप्तकोसी नगरपालिका–१ मा शनिबार ७४ जनाको आरडीटी परीक्षण गर्दा ज्येष्ठ नागरिकको रिपोर्ट पोजेटिभ आएको थियो। उहाँकी श्रीमती र छोराको आरडीटी परीक्षण गर्दा भने रिपोर्ट नेगेटिभ आएको छ।

    भारतबाट आएका १२ जना जमाती, अमेरिका र कतारबाट आएका सबैको आरडीटी परीक्षण नेगेटिभ नै आएको छ। तथापि, निश्चित हुन रिपोर्ट पोजेटिभ आएका एक र नेगेटिभ आएका २० जनाको स्वाब निकाली परीक्षणका लागि धरान पठाइएको अस्पतालका प्रमुख मेडिकल सुपरिन्टेन्डेन्ट डा. दासले बताए।

     

    स्वाब पठाइएका २१ जनामै कोरोना संक्रमणका कुनै लक्षण नदेखिएको उनले बताए। रिपोर्ट पोजेटिभ आएका ७१ वर्षीय ज्येष्ठ नागरिकसहित उनकी श्रीमती र छोरालाई राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालको आइसोलेसनमा छुट्टाछुट्टै राखिएको छ।

     

    सीमाको जिल्ला उदयपुरमा फेला परेका १३ जना संक्रमितको बसाइ रहेको सप्तरीको सप्तकोसी नगरपालिका–२ मा ६६ जना र वडा नम्बर ४ मा ३१ जनाको आइतबार आरडीटी परीक्षण गरिएको २ नम्बरका वडासदस्य जाहिर हुसेनले जानकारी दिए। सप्तकोसीको बाटो हुँदै उदयपुरको त्रियुगा जानुअघि संक्रमितहरू केही दिन बसेको कञ्चनरुप नगरपालिका–२ बरमझियामा समेत आरडीटी परीक्षण गर्न लागिएको छ। प्राथमिक स्वास्थ्य केन्द्र कञ्चनरुपका सि. अहेव डम्बर गुप्ताका अनुसार मस्जिद, मदर्सामा प्रत्यक्ष सम्पर्क आउने सम्भावित ३५ परिवारका करिब सय जनाको सोमबार परीक्षण गरिनेछ।

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    ट्राफिक प्रहरी निरीक्षक लोकराज भट्ट असार महिनाको ‘उत्कृष्ट ट्राफिक प्रहरी’ घोषित

    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑