कामको फेरिहस्त सुनाउदैं मेयरले भने “मूल्याकंन भए नहोस्, म दायित्व निर्वाह गर्छु”
वीरगंज संजाल
८ बैशाख २०७७, सोमबार १८:५२
४३२७
बीरगन्ज | बीरगन्ज महानगरपालिका मेयर विजय कुमारी सरावगीले कसैले मुल्याकंन नगरे पनि दायित्व निर्वाह गरिरहने बताएका छन् । गण्डक अस्पताललाई अस्थायी कोभिड अस्पताल बनाएको बारे टीका टिप्पणी बढेपछि आज मेयर सरावगीले पत्रकारहरुलाई डाकेर यस्तो प्रतिक्रिया दिएका हुन् ।
लकडाउनका बेला सार्वजनिक रुपमा भेला गर्न नपाइने सरकारको निर्देशनलाई चुनौति दिदैं मेयर सरावगीले गण्डक अस्पतालबारे स्पष्टीकरण दिन पत्रकारहरुलाई डाकेका हुन् । न्युनतम स्वास्थ्य सतर्कर्ता समेत नअपनाई भेलामा प्रस्तुत भएका मेयर सरावगीले भने “मेरा राजनीतिक प्रतिद्धन्दीले खेल खेलिरहेका छन् ।”
मातहतका सरसफाईकर्मी देखि लिएर स्वास्थ्यकर्मीहरुले जोखिम मोलेर काम गरिरहेको भन्दै उनले भने “जुन बेलादेखि यस्तो समस्या आएको छ , म आफै बिहानदेखि बेलुकासम्म काम गरिरहेको छु ।”
“जति व्यवस्थापन गर्न सकिन्छ, ज्यान फालेर पनि हामीले काम गरेका छौं, यस्तो बेला पनि हाम्रो कामको मुल्याकंन गर्नु छैन भने नगरोस् जनताले, यसले केही फरक पर्दैन, त्यो मेरो दायित्व भित्र पर्छ” मेयर सरवागीले भने “तर गलत तरिकाले जुन बदनाम गर्न खोजिएको छ, त्यो गर्नु हुदैंन ।”
कसैले सहयोग गरे पनि नगरेपनि आज आफुहरुले हजारौं काम गरेको भन्दै मेयर सरावगीले कोरोनाका रोकथामका लागि नगरपालिकाले अहिले सारा योजना तथा विकास कार्यहरुलाई रोकेको बताए । कोही पनि भोको नरहोस् भन्दै यसको व्यवस्थापनमा लागिपरेको भन्दै जानकारी आउन साथ अत्यवाश्वक बस्तु घर–घर पु¥याइएको मेयरले दाबी गरे ।
गण्डक अस्पताललाई अस्थायी कोभिड अस्पताल बनाइएको बारे विभिन्न कुरा झिकेर नौटंकी गरिएको भन्दै छुट्टै कोभिड अस्पताल बनाएर नारायणीको स्वास्थ्य सेवा सुचारु गराउने बीरगन्ज महानगरपालिकाको चाहना रहेको सरावगीले बताए । सरकारी दरमा स्वास्थ्य सेवा दिन भनिएको नेशनलले चर्को शुल्क लिइरहेको गुनासो दिनहुँ आइरहेको भन्दै उनले भने “सरकारले कि त सरकारी शुल्कमै त्यहाँ स्वास्थ्य सेवा उपलब्ध गराउनु प¥यो, कि त नारायणी मै सुचारु गनुप¥यो ।”
प्राविधिकबाट कम्तीमा ५० बेड भएको अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने सिफारिस भएको बताउदैं मेयर सरावगीले गण्डक अस्पताल विकल्पको रुपमा राखेको र सिफारिस भए अनुसार अन्य अस्पताल पाए सोहीसँग सम्झौता गर्ने बताए ।
कोरोना रोकथान र नियन्त्रण तथा राहत वितरणका लागि केन्द्र र प्रदेश दुवैले समन्वय नगरेको भन्दै उनले प्रश्न गरे “महानगरले राहत वितरण गरिसकेपछि प्रदेशको अहिलेको निर्णय आउनुको कारण के ?”
महानगरले मात्र एकतर्फी रुपमा समन्वय गरेको भन्दै सहयोगको नाममा प्रदेशको तर्फ पाएको २५ लाख बाहेक अरु केही नपाएको मेयरको भनाई छ ।
भोलिको दिनमा संघ र प्रदेशले अब सहयोग गर्न सक्दैनौं भने पत्रकारको प्रश्नमा मेयरको जवाफ यस्तो थियो “त्यति बेला बीरगन्ज महानगरपालिकाले सबै जिम्मा लिन्छ, हामी भिख मागेर हुन्छ, चन्दा मागेर हुन्छ, हामी व्यवस्थापन गर्छौ तर हाम्रा नागरिकहरु दुख पाउन दिदैनौं ।”