भेरी अस्पतालमा मृत्यु भएका बेहनाको कोरोना रिपोर्ट नेगेटिभ
वीरगंज संजाल
८ बैशाख २०७७, सोमबार १४:२२
२८५७
नेपालगञ्ज: शिक्षण अस्पताल नेपालगञ्जको आइसोलेशनमा उपचारका क्रममा मृत्यु भएका बिरामीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ ।
रुघाखोकी र दमबाट ग्रसित बर्दिया गुलरियाका इसराइल बेहनाकोे स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको अस्पतालका प्रमुख डा.प्रकाश थापाले जानकारी दिए । उनको आइसोलेशन वार्डमा उपचारका क्रममा गत शनिबार मृत्यु भएको थियो ।