हातहरू उठ्नेछन् माया पसार्दै,
यो मुटु फेरी डगडगीन्छ लेॅकबेसी चहार्दै,
पूर्णीमा ले चिसीन्छ त्यो मिठो चन्द्रमा,
हरेस नखानू!!
फेरी घाम लाग्छ है आमा,
केही यादहरू अझ केलाउनु छ,
आफू खुशी भई अझ रमाउनु छ,
अब बिस्रम अतित का तिता पलहरू,
मुसुक्क हाॅसी मायाको इन्द्रेणी सफल सजाउनु छ,
कठिन छ काल को कालखण्ड,
तर फेरी पाइला चालिन्छन अगी बढ्न,
म नयमा देख्दछु आशको आकाश नै,
जहाॅ उड्दैछन् भावना प्रकाश भै,
रश्मी फेरी बटुलीन्छ, फेरी लाग्छ है घाम,
निधारमा टीको लाइन्छ फेरी,
हरेस नखानू आमा,