• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    तब्लिगी जमातको इतिहास ? उद्देश्य के हो?कहाँबाट आउँछन्?

  • वीरगंज संजाल
  • ७ बैशाख २०७७, आईतवार १७:२३
  • ६६२३

    काठमाडौँ | सुरु गरौं पाकिस्तानी शायर सैयद सल्मान गिलानीको एक चर्चित कथनबाट । पाकिस्तानमा एउटा तब्लिगी जमाती चिल्ला (यात्रा) पूरा गरेर घर फर्केपछि पत्नीलाई पिट्दै गरेको अर्को एक व्यक्तिले देखेछ र भनेछ, ‘मुर्ख, भर्खर धार्मिक यात्रा गरेर आएका छौ, श्रीमतीलाई पिट्दैछौ ? यही सिक्यौ जमातमा ?’ झन् चिढिँदै उसले भनेछ, ‘यसले दाह्री राख्दिन ।’ पाकिस्तानको राइविन्डमा केही दिनअघि भएको एकदिने धार्मिक भेलामा सहभागी तब्लिगी जमात

    अवाक् भएर त्यो व्यक्तिले भनेछ, ‘बेवकुफ ! महिलाको दाह्री कहाँ हुन्छ?’श्रीमानले भनेछ, ‘हो त्यो त थाहा छ महिलाको दाह्री हुँदैन। तर, इरादा त गरोस्, इरादा गर्न के ले छेकेको छ र?’

    यसबाट के थाहा हुन्छ भने तब्लिगी जमातमा हिँड्नेहरु इरादामा बढी विश्वास गर्छन्। अर्थात् उनीहरुको सोच हुन्छ– जो कोहीले जुनसुकै उद्देश्यका लागि इरादा गरोस्। मूलतः इरादाले उपलब्धि हात लाग्छ भन्ने शतप्रतिशत विश्वास हुन्छ जमातीमा। त्यसैले नयाँ व्यक्ति भेट्न बित्तिकै उनीहरुको प्रस्ताव हुन्छ– अल्लाहका लागि यात्राको इरादा गर।

    तब्लिगी जमातको इतिहास

    तब्लिगी जमातको स्थापना सन् १९२६ मा भएको हो। सामान्यतया तब्लिकको अर्थ धर्मको प्रचार हो भने जमातको अर्थ समूह। यसको स्थापना भारतको हालको दिल्ली नजिकै भएको मानिन्छ। तब्लिगी जमातका संस्थापक हुन् मौलाना मोहम्मद इलियास। उनी भारतीय नागरिक हुन्। तब्लिगी जमातको पहिलो सम्मेलन सन् १९४१ मा भारतमै भएको थियो। उक्त सम्मेलनमा २५ हजार मुसलमान सहभागी थिए। सन् १९४० को दशकसम्म तब्लिगी जमातको समूह भारतमा मात्र सीमित थियो।

    पहिलो सम्मेलनपछि यसको विस्तार सुरु भएको देखिन्छ। भारतबाट पाकिस्तान, बंगलादेश, अफगानिस्तानलगायतका दक्षिण एसियाली मुलुक हुँदै यो समूह एसिया, युरोप, अमेरिका र अफ्रिकी मुलुकहरुमा पुगेको हो। अहिले विश्वका करिब १५० देशमा यो समूह छ। तब्लिगी जमात विश्वमै ठूलो संस्था (समूह) का रुपमा परिचित छ। नेपालमा पनि यो समूह करिब ६० को दशकदेखि सक्रिय छ। यो विशुद्ध आस्थावानहरुको समूह हो। इस्लाम भित्रकै एउटा समूह हो जो इस्लामका तौर–तरिकालाई स्थापित गर्न र समाजलाई गलत बाटोमा जान नदिन तल्लिन छ।तब्लिगी जमातले हरेक वर्ष ठूला सम्मेलन आयोजना गर्छन्, जसलाई भनिन्छ इज्तिमा। दक्षिण एसियाली मुलुकसहित विश्वका विभिन्न विकसित र विकासोन्मुख देशहरुमा पनि यस्तो सम्मेलन वर्षमा धेरैपटक आयोजना हुन्छन्। यसपटक नेपालको सप्तरी, बोदेबर्साइन गाउँपालिकाकाको जाँजरमा पनि यस्तो सम्मेलन भएको थियो फागुन पहिलो साता। उक्त सम्मेलनमा पाकिस्तान, मलेसिया, इण्डोनेशिया, सिंगापुर, थाइल्याण्ड, भारतलगायतका मुलुकबाट तब्लिगी जमात सहभागी थिए। नेपालबाट पनि धेरै जिल्लाका मुसलमान सहभागी थिए। यस्तो सम्मेलनमा पनि इस्लामका आस्था र उसका तौर तरिकाबारे बहस हुन्छ।

    उद्देश्य के हो?

    तब्लिगी जमातको प्रमुख उद्देश्य इस्लाम धर्मालम्बीहरुबीच इस्लामको सही शिक्षा विस्तार र आस्थालाई पुनर्जीवन गर्नु हो। जो जन्मजात मुसलमान छन् वा जसले इस्लाम कबुल गरेको छ, उनीहरुलाई इस्लामका तौरतरिका अलवम्बन गराउनु उनीहरुको ध्येय हुन्छ। उनीहरुको चाहना हुन्छ, सबै मुसलमानले इस्लामिक विधिअनुसार जीवनयापन गरुन्। इस्लामका प्रवर्तक मोहम्मदकै बाटो अबलम्बन गरुन्, गलत बाटो नअपनाउन्। त्यसका लागि उनीहरु उपदेश दिन्छन्। गलत बाटोमा हिँडेको छ भने उसलाई प्रेमपूर्वक धार्मिक लइनमा ल्याउन भरमगदुर कोसिस गर्छन्।

    तब्लिगी जमातले घर छाडेर टाढा टाढासम्म यात्रा गर्छन्। त्यस्तो यात्रामा ३ वा ५ जनादेखि माथिको समूह हुन्छ। उनीहरु ३ दिन, ४० दिन, ४ महिना, ७ महिना र एक वर्षको यात्रा तय गर्छन्। तोकिएका दिन पूरा गर्नुलाई ‘चिल्ला‘ पूरा गर्नु भनिन्छ। त्यस्तो यात्रामा सबै खर्च स्वयंले बेहोर्छन्। कतिपयले खाना पकाउने भाँडाकुडादेखि ग्यास चुलो, ओढ्ने ओछ्याउनेसमेत आ-आफ्ना देशबाटै बोक्छन्। यात्राअवधिभर उनीहरुको बसाई मस्जिदभित्रै हुन्छ।

    मस्जिदमै बस्नुको एउटा अर्थ के हो भने आफ्ना कारण गाउँ वा मस्जिद वरिपरिका व्यक्तिहरुलाई दुःख नहोस्। मस्जिदमा पानी, शौचालय र कतिपय स्थानमा भान्सासमेत उपलब्ध हुने भएकाले पनि उनीहरुलाई त्यहीं बस्न सहज हुन्छ। अर्को, उनीहरुले यात्रा सुरु गरेपछि समाजमा भइरहेका गतिविधि (राजनीति, मनोरन्जन, झैझगडालगायत) लाई चटक्कै भुलेर विशुद्ध इस्लामिक चर्यामा समय व्यतित गर्ने कसम खाएका हुन्छन्।

    तोकिएको दिन पूरा नहुन्जेलसम्म उनीहरुको बाहिरी दुनियाँसँग कुनै मतलब र सम्बन्ध हुँदैन। खानेकुरा किन्न, औषधोपचार र इस्लामिक उपदेश सुन्नका लागि घरघरमा बोलावट (दावत) का लागि मात्र मस्जिदबाट बाहिरिन्छन्।

    यो पंक्तिकारले पनि बाल्यकालमा जन्मस्थल गोरखामा तब्लिगी जमातका धेरै उपदेश सुन्ने अवसर पाएको थियो। मिठा परिकार बनाएर खुवाउने भएकाले बच्चाहरु उनीहरुप्रति आकर्षित हुन्थे। याद भएसम्म त्यस्ता तब्लिगीमा धेरैजसो पाकिस्तानी र भारतीय कम हुन्थे।

    कहाँबाट आउँछन्?

    जानकारहरुका अनुसार नेपालमा धेरैजसो तब्लिगी जमात पाकिस्तानबाट आउँछन्। पाकिस्तानमा तब्लिगी जमातप्रति आस्था राख्नेहरुको समूह ठूलो छ। त्यहाँबाट युवादेखि वृद्धसम्मै तब्लीगमा हिँड्ने प्रचलन छ। विभिन्न पेशाकर्मी र सरकारी कर्मचारीलेसमेत विदा लिएर यात्रा तय गरेका हुन्छन्। पाकिस्तानबाहेक भारत, बंगलादेश, इण्डोनेसिया, मलेसिया, सिंगापुर, थाइल्याण्डलगायतका देशबाट पनि तब्लिगी जमात नेपाल आउँछन्। नेपालका मुसलमानहरु पनि भारत, पाकिस्तान, बंगलादेशलगायतका मुलुकमा तब्लिगमा जाने गरेको देखिन्छ।

    निर्धारित यात्रा अवधिभर कुनै निश्चित मस्जिदमा मात्र उनीहरुको बसोबास हुँदैन। सकेसम्म धेरैवटा मस्जिदमा गएर इस्लामिक उपदेश छर्ने ध्येय हुन्छ। समाजका अरु व्यक्तिहरुलाई पनि आफूजस्तै यात्रामा सामेल हुन अभिप्रेरित गराउने उनीहरुको अर्को उद्देश्य हुन्छ। नेपालका तराइदेखि मध्यपहाड हुँदै हिमाली जिल्लामासमेत तब्लिगी जमात पुग्ने गरेको देखिन्छ। कुन् ठाउँमा जाने र कहाँ नजाने भन्ने कुनै लिखित व्यवस्था छैन। मुसलमानहरुको एकाध घर भएका बस्तीमा पनि उनीहरु पुग्ने गरेका छन्। मुसलमानको स्थायी आवादी नभए पनि केही व्यापारीमात्र रहेको रसुवाको धुन्चेमा केही समयअघि पाकिस्तानी तब्लिगी जमात पुगेको देखिएको थियो।

    धेरैभन्दा धेरै मान्छेले उपदेश सुनुन् भन्नेमात्र होइन, धेरैले तब्लिग यात्राका लागि समय निकालोस् भन्ने पनि तब्लिगी जमातहरुको आकांक्षा हुन्छ। त्यसका लागि कुनै ठाउँको मस्जिद वा बस्तीमा एकपटक गरिएको दावत (आह्वान वा निमन्त्रणा) पर्याप्त नहुने भएकाले तब्लिगी जमातको यात्रा निरन्तर चलिरहन्छ। निश्चित विषयवस्तुमा मात्र एकोहोरो केन्द्रित भइराख्ने भएकाले तब्लिगीहरुले कतिपय देशमा ‘धार्मिक भेडा’को संज्ञा पनि पाएका छन्।

     

     

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान
  • गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा
  • सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा
  • परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    पर्साको पकहामैनपुरमा एमाले युवा नेता साहले गरे सडक र नालाको शिलान्यास

    ‘विभेद र विभाजनविरुद्ध कलम चलाउनु पर्छ’

    नदीजन्य पदार्थको उत्खनन् बन्द गर्न निर्देशन

    सर्लाहीको हीरापुरमा बर्थिङ सेन्टर निर्माण

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    News

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    News

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    News

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    News

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑