मलेसियामा एक सेक्युरिटी कम्पनीमा आबद्ध रहि सुरक्षागार्डमा काम गर्न आएका नेपाली श्रमिकहरु अलपत्र परेका छ्न
वीरगंज संजाल
६ बैशाख २०७७, शनिबार २१:५०
४०१३
मलेसिया |कृष्णा गुप्ता | मलेसियामा एक सेक्युरिटी कम्पनीमा आबद्ध रहि सुरक्षागार्डमा काम गर्न आएका नेपाली श्रमिकहरु अलपत्र परेका छ्न ।
ट्र्स्ट इन्टल ओभरसिस (trust intl overseas , believable overseas pvt Ltd ) सामाखुसी काठमाडौंमा अवस्थित म्यानपावर मार्फत १९ जनाको समुहमा नेपालीहरु भ्यालिएन्ट फोर्स ( valiant force ) नामक सेक्युरिटी कम्पनीमा सुरक्षागार्डमा काम गर्नको लागी गएको महिना फाल्गुन १० गतेतिरनै मलेसिया आएका थिए।
मलेसिया आएको दुई महिनाभन्दा बढि हुनलाग्यो तर अहिलेसम्म पनि रोजगारदाता कम्पनीले काम दिइएको छैन र बस्ने सुत्ने बाँस स्थान समेत सुरक्षित नरहेको ति कामदारहरुले टेलिफोन मार्फत मलाया खबरलाई जानकारी गराए ।
कोरोना भाइरसको माहामारीको बिपत्तको समयमा कम्पनीले हामीलाई सुत्नको लागी टिनले छाएको एउटा् स्यानो झुपडीमा ग्यादरिङ्ग गरेर बस्न ,सुत्न बाध्य बनाइएको अलपत्र ति नेपालीहरुले दुखेसो पोख्दै भने ” हामी १९ जनाको समुहमा आएका थियौं , १९ जनामध्य दुई जनालाई यहाँ आउने बितिक्कै सुपरमार्केटमा ड्युटी गर्न लगाईयो तर ति दुईजनालाई काम गरेको सेलरी समेत महिनावारी ५ सय रिंगेट मात्रै दिने गरेको र अन्य ७ जनालाई कम्पनी बोस “दतोक श्री जमाल सेख” ले आफ्नो घरमै राखेर यातना दिदै ज्यादती गरिरहेको बताए ।
कम्पनी बोससंग ड्युटीको बारे केहि कुरा गर्यो कि ” धेरै ठूलो ठूलो कुरा नगर नत्र कुट्छु , मैले तिमिसबैलाई किनेर ल्याएका हौं जे पनि गर्नसक्छु भन्ने लगायतको अब्यवहारिक अभिब्यक्ति दिनेगरेको बताए।
मल्लाका भन्ने ठाउँमा स्यानो झुपडीमा बस्दै आएका सुरेश कुमार बराम , स्वतन्त्र बस्नेत , प्रेम प्रसाद पाण्डे , गोपाल प्रसाईं , रत्न रावल , शिवलाल महर , रणचन्द्र रोकाया , सुरेश राय , हरक सिंह महर , पुर्ण तिवारी लगायतकोले थप अन्य कुरा बताउदै भने कि ” हामीहरु म्यानपावर ब्यवसायी,एजेन्ट प्रमोद क्ष्रेष्ठ र बिजय क्ष्रेष्ठ मार्फत ट्रस्ट इन्टल ओभरसिस म्यानपावरलाई १ लाख २० हजारको दरले रकम बुझाएर आएका हौं तर अहिले काम पनि छैन , दाम पनि छैन , खाना पनि छैन र स्वास्थ्यको ग्यारेन्टी पनि छैन।
नेपाल र मलेसियाबिच भएको नयाँ श्रम सम्झौता पश्चात् पछिल्लो समय मलेसिया स्थित नेपाली दूतावासले नै भिसा प्रमाणिकरण गर्ने कार्यगरिरहेको छ ।
तर पछिल्लो समयमै मलेसियामा काम गर्न आउने नेपाली कामदारहरु अलपत्र पर्ने गरेका एकपछि अर्को घटना सार्वजनिक भैइरहेका छ्न ।दूतावास स्थित भिसा प्रमाणिकरण गर्ने कर्मचारीको कार्यशैलीमाथीनै जनमानसमा तिब्र आशँका बढ्दै गैइरहेको देखिन्छ्न ।