• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    चार महिनाअघि नै नेपाल आएका थिए भारतीय संक्रमित

  • वीरगंज संजाल
  • ६ बैशाख २०७७, शनिबार १२:४७
  • ३८५३

    पर्सा | जिल्ला प्रशासन कार्यालय(जिप्रका) पर्साका अनुसार ३ जना संक्रमित भेटिएको उक्त टोली गत पुस २ मा विराटनगर नाकाबाट नेपाल प्रवेश गरेको थियो । उनीहरु पुस १ मा दिल्लीबाट ट्रेनमा प्रस्थान गरेका थिए । सुरक्षाकर्मी र प्रशासनका अधिकारीले गरेको अनुसन्धानपछि जिप्रका पर्साले मंगलबार साँझ सार्वजनिक गरेको ट्राभल हिस्ट्री (यात्रा विवरण) का अनुसार उक्त १४ जनाको टोली पूर्वी नेपालको विभिन्न जिल्ला घुम्दै फागुन ८ मा मात्र वीरगन्ज आएको थियो ।



    यसअघि उक्त जमाती टोली पुस ४ देखि १० दिनसम्म सुनसरी दुहबीको जामे मस्जिदमा बसेको थियो । पुस १६ देखि फागुन १ गतेसम्म सुनसरीकै इनर्वास्थित तीन/चारवटा मस्जिदमा उनीहरु बसेका थिए । सप्तरीमा आयोजना भएको मुस्लिमहरुको धार्मिक सम्मेलन इस्तिमामा सहभागी हुन उनीहरु इनर्वाबाट फागुन २ मा पुगेका थिए । मुस्लिमहरुको धार्मिक भेला सम्पन्न भएपछि उनीहरु फागुन ८ मा वीरगन्जको सुगौली आएका थिए । ‘सुगौलीको मस्जिदमा बसेको बेला फागुन १४ गते अहिले संक्रमित भेटिएका एक व्यक्ति १४ जनाको समूहमध्ये एक जना जमातीलाई लिएर सीमावर्ती भारतीय बजार रक्सौल गएका थिए,’ जमाती व्यवस्थापन समितिका एक सदस्यलाई उद्धृत गर्दै सहायक प्रजिअ बस्नेतले भने, ‘उनीहरु रक्सौल गएर एटीएमबाट पैसा झिकेका रहेछन् ।’


    वीरगन्ज महानगरपालिका–२६ सुगौलीस्थित विभिन्न ६ वटा मस्जिदमा उक्त जमाती टोली एक महिनासम्म बसेको थियो । एउटा मस्जिदमा ५ दिनको हिसाबले उनीहरु सुगौलीको ६ वटा मस्जिदमा एक महिना बसेर चैत ७ मा वीरगन्ज महानगरपालिका– १ बजार छपकैयामा रहेको मस्जिद पुगेका थिए । ‘भोलिपल्ट उनीहरु वडा १ कै छपकैयाको रहेको अर्को मस्जिदमा गएर ५ दिन बसेका थिए,’ बस्नेत भन्छन्, ‘त्यहाँबाट मात्र उक्त जमाती टोली महानगरपालिका–२ श्रीराम हल अगाडिको मक्की जामे मस्जिदमा आएका हुन् ।’ लकडाउन जारी भएको बेला चैत १३ मा उक्त धर्म प्रचारक टोली जामे मस्जिदमा प्रवेश गरेका थिए ।



    नारायणी अस्पतालबाट मुस्किलले २ सय मिटरको दूरीमा रहेको उक्त मस्जिदबाट उनीहरु चैत २७ मा वडा २ का अगुवा राजनीतिकर्मीसँग ‘स्क्रीनिङ’का लागि आएका थिए । चिकित्सकले स्वाब संकलन गरी परीक्षण लागि त्यही दिन हेटौंडा पठाएका थिए । स्रोतका अनुसार चिकित्सकले क्‍वारेन्टाइनमा राख्ने सल्लाह दिए पनि ती राजनीतिक अगुवाहरुले जमातीलाई मस्जिदमै लगेका थिए । चैत २८ मा १४ मध्येका ३ जनाको स्वाब शंकास्पद देखिएपछि अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन कुमार उपाध्यायले त्यही राजनीतिक अगुवामार्फत मस्जिदबाट बोलाएर उनीहरुलाई नारायणी अस्पतालको आइसोलेसन वार्डमा राखेको थिए । हेटौंडाको प्रयोगशालाले शंकास्पद ३ जनाको स्वाब‘रि–कन्फर्मेशन’का लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठायो । आइतबार स्वास्थ्य मन्त्रालयले भारतको दिल्ली ६७ झुगी पण्डित रामप्रसाद बिसमिल क्याम्प निवासी ४५ वर्षीय, उत्तर प्रदेश बागपात जिल्लाका ५५ वर्षीय र दिल्लीकै ३७ वर्षीय भारतीय नागरिकमा कोभिड १९ संक्रमण पोजिटिभ भएको पुष्टि गरेको थियो ।



    स्वास्थ्य मन्त्रालयले कोभिड १९ पुष्टि गरेपछि स्थानीय सुरक्षा समितिले छपकैया र आसपासको क्षेत्रलाई आइतबार अपराह्नदेखि सिल गरेको छ । संक्रमित व्यक्तिको सम्पर्कमा आएकोहरुको खोजी गरिरहेको छ । ‘मक्की जामे मस्जिदका मौलाना अलि अस्गर लगायत १७ जना संक्रमितको सम्पर्कमा आएको देखिन्छ,’ सहायक प्रजिअ बस्नेतले भने, ‘यसमा केही छपकैयाका स्थानीय समेत छन् ।’ उनका अनुसार संक्रमितका सम्पर्कमा आएका तथा अन्य शंकास्पद व्यक्तिहरुमा कोभिड १९ को संक्रमण भए नभएको एकिन गर्न र्‍यापिड डाइग्नोस्टीक टेस्ट गरिएको छ । ‘त्यस्ता ८१ जना व्यक्तिको परीक्षण गरिएको छ,’ उनले भने, ती सबैको रिर्पोट नेगेटिभ आएको छ ।’ बढी शंकास्पद देखिएका ८२ जनाको थ्रोट स्वाब संकलन गरी हेटौंडा परीक्षणका लागि पठाइएको उनले बताए । पर्सामा हालसम्म १ सय ८५ जनाको स्वाब संकलन गरी परीक्षण गर्न हेटौंडा पठाइएको छ । जसमध्ये ९४ जनाको रिपोर्ट आइसकेको छ । त्यसमा ३ जनामा मात्र कोभिड १९ पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी
  • अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा
  • सिरहामा १८ प्रतिशत धान रोपाइँ
  • प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    ‘प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० लाई पारित गरियोस्’ भन्ने प्रस्ताव पारित

    चालीस लाखभन्दा बढीको चिनी नष्ट

    वीरगन्जबाट हुण्डीको २८ लाख रकमसहित तीन जना पक्राउ

    वीरगन्ज महानगरले मेनरोड विस्तारका लागि थालेको काम तत्काल रोक्न घरधनीहरुको माग

    नक्कली प्रहरी बनेर डकैति गरेको आरोपमा दुई जना पक्राउ

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सरकारले आन्तरिक रोजगारको प्रवद्र्धनमा काम गरिरहेको छ : मन्त्री भण्डारी

    News

    अमेरिकाले वैदेशिक सहयोग कटौती गर्दा १ करोड ४० लाखको ज्यान जाने खतरा

    News

    सिरहामा १८ प्रतिशत धान रोपाइँ

    News

    प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी र सरसफाइमा पहुँच हुनुपर्छ: प्रधानमन्त्री

    News

    सुनचाँदी व्यवसायीहरुको माग जायज : नेता निधि

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑