वीरगन्ज |अनिल साह | वीरगन्जको नारायणी अस्पतालले कोरोना (कोभिड१९)को बिरामिबाहेको सम्पुर्ण सेवा बन्द गरे पछि। सेवा ग्राही बिचलित भएकाछन।
बिपन्न/अतिबिपन्नका लागी स्वास्थ सेवाको केन्द्र नारायाणी अस्पताल रहेको छ।विश्वव्यापी महामारीको रुपमा फैलिदै गएको करोना(कोभिड१९) को बिरामी वीरगन्जमा पनि देखिएकोले नेपाल सरकारले नारायणी अस्पताललाई करोना संक्रमित बिरामी बाहेकको सम्पुर्ण सेवा बन्द गरि अस्पताल वाडमा भर्ना रहेको बिरामिलाई नेशनल मिडिकल कलेजमा सारिएको छ।
नेशनल मिडिकल कलेज(NMC)ले नारायणी अस्पतालको सेवा सुल्कमा उपचार गर्ने भएपछि बिरामी सारिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यले जानकारी गराउनु भयो।
नेशनल मेडिकल कलेज(NMC)ले आफ्नै सेवासुल्कमा सेवा दिरहेको सेवाग्राहीले बाताएकाछ्न। यस्तो बिकट परिस्थितिमा सरकार द्धारा नारायाणी अस्पताललाई करोना बनाउनु र बिपन्न/अतिबिपन्न वर्गलाई स्वास्थ्य सेवाबाट बनचित गरिएको भन्दै बिज्ञयहरुले चिन्ता व्यक्त गरेका छन।
मुलुक लकडाउन लागेको आज २६ दिन पुगदा पनि सम्बन्धित निकायहरुको प्रमुखहरुमा समन्वय नहुदा स्थानिय सर्वसाधारणमा त्रासफैलिएको छ।
नारायणी अस्पतालको अरु सेवा बन्दगरि सोही सेवासुल्कमा अरु अस्पताल संग समन्वय गर्न नसकनु यस्तो बिकट परिस्थितिमा वीरगन्ज वासीले भ्रष्टाचारको संकेत दिरहेको स्थानियहरुको गुनासो रहेछ।