कोरोना अपडेट : अमेरिकामा ३७ हजारको मृत्यु, के छ सार्क राष्ट्रहरुको अवस्था?
वीरगंज संजाल
६ बैशाख २०७७, शनिबार ०८:४८
२८८१
काठमाडौं | कोराना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाघेको छ।
नेपाली समय अनुसार शनिबार बिहान ७ बजेसम्म संसारभर मर्नेको संख्या १ लाख ५३ हजार ८ सय ७१ पुगेको छ।
२४ घण्टामा ७ हजारभन्दा बढी मानिसको मृत्यु भएको छ। अमेरिकामा २ हजार ५ सयभन्दा बढी मानिसको मृत्यु भएको तथ्यांक रहेको छ। योसँगै अमेरिकामा मृत्यु हुनेको संख्या ३७ हजार १ सय ५४ पुगेको छ।
इटालीमा मृत्यु हुनेको संख्या २२ हजार ७ सय ४५ पुगेको छ। स्पेनमा २० हजार २ जनाको मृत्यु भएको छ।
फ्रान्समा १ हजार ६ सय ८१ जनाको मृत्यु भएको छ। युकेमा १४ हजार ५ सय ७६ जनामानिसको मृत्यु भएको छ ।
जोन्स हप्किन्स युनिभर्सिटीको तथ्यांक अनुसार विश्वभर २२ लाख ४० हजार ७ सय ६८ जना मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन्। शुक्रबार संसारभर ८६ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्।
अमेरिकामा ३२ हजारभन्दा बढी मानिस संक्रमित भएका छन्। योसँगै अमेरिकामा संक्रमित हुनेको संख्या ७ लाख २ सय ८२ पुगेको छ।
स्पेनमा १ लाख ९० हजार ८ सय ३९ जना मानिस संक्रमित भएका छन्। इटालीमा १ लाख ७२ हजार ४ सय ३४ जना मानिस संक्रमित भएका छन्।
फ्रान्समा १ लाख ४९ हजार १ सय ३० जना मानिस संक्रमित भएका छन्।
संसारभर ५ लाख ६८ हजार ३ सय ८८ जना मानिस उपचारपछि निको भएर घर फर्किसकेका छन्।
जर्मनीमा निको भएर घर फर्किनेको संख्या ८३ हजार १ सय १४ पुगेको छ। चीनमा ७७ हजार ५ सय ५२ जना निको भएर घर फर्किसकेका छन्। स्पेनमा घर फर्किनेको संख्या ७४ हजार ७ सय ९७ पुगेको छ।
सार्क देशकको अवस्था सार्क देशमा सबैभन्दा बढी मानिस भारतमा संक्रमित भएका छन्। भातरमा २४ घण्टामा ९ सय २२ जना मानिस संक्रमित भएका छन् भने ३८ जनाको मृत्यु भएको छ।
योसँगै भारतमा संक्रमितको संख्या १४ हजार ३ सय ५२ पुगेको छ। हालसम्म भा।तमा ४ सय ८६ जनाको मृत्यु भएको छ। २ हजार ४१ जना निका भएर घर फर्किसकेका छन्।
पाकिस्तानमा शुक्रबार ७ जनाको मृत्यु भएको छ भने १ सय ६ संक्रमित भएका छन् । योसँगै पाकिस्तानमा संक्रमितको संख्या ७ हजार २५ पुगेको छ। १ सय ३५ जनाको मृत्यु भएको छ। १ हजार ७ सय ६५ जना निको भएर घर फर्किसकेका छन्।
बंगलादेशमा शुक्रबार २ सय ६६ जना संक्रमित भएका छन् भने १५ जनाको मृत्यु भएको छ। योसँगै संक्रमितको संख्या १ हजार ८सय ३८ पुगेको छ। ७५ जनाको मृत्यु भएको छ। ५८ जना निको भएर घर फर्किसकेका छन्।
शुक्रबार अफगानिस्तानमा ६६जना संक्रमित थपिएका छन्। योसँगै अफगानिस्तानमा ९ सय ६ संक्रमित पुगेका छन्। ३० जनाको मृत्यु भएको छ। ९९ जना मानिस निको भएर घर फर्किसकेका छन्।
श्रीलंकमा २ सय ४४ जना संक्रमित रहेका छन्। ७ जनाको मृत्यु भएको छ। ७७ जना मानिस निको भएर घर फर्किसकेका छन्। शुक्रबार ७ जना नयाँ संक्रमित भेटिएका थिए।
नेपलामा शुक्रबार १४ जना संक्रमित भेटिएका छन्। यो सँगै नेपालमा संक्रमितको संख्या ३० पुगेको छ। एक जना निको भएर घर फर्किसकेका छन्।
माल्दिभ्समा संक्रमितको संख्या २९ रहेका छन्। निको भएर घर फर्किनेको संख्या १६ पुगेको छ। शुक्रबार ४ जना नयाँ संक्रमित भेटिएका थिए।
भुटानमा ५ जना संक्रमित छन्। २ जना निको भएर घर फर्किसकेका छन्।