जिल्लामा सई मुक्तिनारायण र गोकुल तानिय पनि वीरगंजको सिमानाकामा तस्कर हुदै छ
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार २१:४७
५६८७
बीरगंज । जिल्ला प्रहरी कार्यालय पर्साले मातहतको भीष्वा चौकीका सई मुक्तिनारायण यादवलाई जिल्लामा तानेको छ । लकडाउनको समयमा पनि भारतीय तस्करहरूलाई तस्करीको लाईन दिएर भारततिर सामान पठाएको र तिनै तस्करहरूसँग सगै बसेर मदिरा सेवन गरिरहेको जानकारी एसपी गंगा पन्त कहाँ भिडियोसहित पुगेपछि उनलाई जिल्लामा तानेर सई प्रेम खत्रीलाई पठाइएको छ ।
तर खत्री पनि परवानीपुर चौकीमा कार्यरत रहँदा धेरै बिवादमा परेका प्रहरी अफिसर हुन् । विवाद पछि उनी केही महिना अघि मात्रै वडा प्रहरी कार्यालय बिर्तामा तानिएका थिए । त्यसै गरि इनर्वा चौकीका सई गोकुल बलायरलाई पनि जिल्ला तानिएको छ । इनर्वा चौकी जानका लागि गजानन्द साह र तिलधारी साहको भिडन्त चलेको छ । यी दुवै विवादास्पद प्रहरी हुन ।
प्रमुख भन्सारको मुख्य नाका रहेको इनर्वा तस्करीको पनि उर्वर नाका हो । सो चौकीमा जान विगतमा ठूलो टेण्डर हुने गर्दथ्यो । अब के हुन्छ हेर्नुछ । त्यसैगरि अर्का विवादास्पद सई बैद्यनाथ दास तस्करीको नाकाका रूपमा चिनिएको मिर्जापुर चौकीमा लगिएका छन् । जबकि सो चौकीमा यस अघि असई प्रमुख हुने गर्दथे । लकडाउनका समयमा पनि सीमाको तस्करी छिटफुट रुपमा चलिरहेकै छ । साभार nepalbahas.com