प्रदेश २ र सुदूरपश्चिममा न्याम्स र धरानमा अध्ययनरत चिकित्सक खटाइने
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार १६:०४
३०९१
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम नियन्त्रण र उपचारका लागि सुदूरपश्चिम र प्रदेश २ मा रेजिडेन्ट चिकित्सक खटाउने भएको छ।
मन्त्रालयले चिकित्सा स्वास्थ्य विज्ञान प्रतिष्ठान (न्याम्स)मा दोस्रो र तेस्रो वर्षमा अध्ययनरत ३४ र धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २७ जना चिकित्सकहरुलाई खटाउन लागिएको हो।
कोभिड १९ को संक्रमणको जोखिम अन्यत्रभन्दा यी दुई प्रदेशमा उच्च मानिएको छ। हालसम्म देखिएका १६ संक्रमितमध्ये सुदुरपश्चिम प्रदेशको सेती प्रादेशिक अस्पतालमा पाँच र प्रदेश २ को नारायणी प्रादेशिक अस्पतालमा ४ जना कोभिड १९ का बिरामी उपचाररत छन्।