‘सञ्चार क्षेत्रका कोहि रोकिएको छैन, उस्तै परे तत्काल फोन गर्नू’
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार १५:४९
२७९५
काठमाडौँ । लकडाउनको समयमा सञ्चारसंस्थामा कार्यरत सञ्चारकर्मी, प्राविधिक र कर्मचारीलाई सुरक्षाकर्मीले समाचार संकलन र कार्यलय जान अवरोध गर्न थालेको भनि आएका समचारहरुप्रति ट्राफिक प्रहरी महाशाखाले चासो देखाएको छ ।
महाशाखाले सामान्य अवस्थामा कतै सोधपुछ भएको हुन सक्ने भन्दै परिचय खुल्ने सञ्चार संस्थामा कार्यरत कसैलाई पनि अवरोध गर्ने नीति नभएको जनाएको छ ।
पछिल्लो समय थपिएको लकडाउनपछि सुरक्षाकर्मीहरुले सञ्चार संस्थामा आवद्ध सञ्चारकर्मी, प्राविधिक र कार्मचारीहरुलाई सवारी पास र सूचनाको पास खोजेर अवरोध गर्ने कार्य नगरेको भन्दै महाशाखाले खण्डन गरेको छ ।
नेपाली रेडियो नेटवर्कसंग कुरागर्दै महाशाखाका प्रमुख भिमप्रसाद ढकालले सञ्चार क्षेत्रलाई अवरोध पुर्याउने कुनैपनि कार्य सुरक्षाकर्मीले नगरेको बताउनुभयो । उहाँले आफ्नो परिचयपत्र विना हिडेकाहरुमा यस्तो परेको भए पछि सोधमा वास्तविक कुरा थाहाहुने भएकाले सञ्चार क्षेत्रका कोही पनि अवरोधमा नपर्ने दावी गर्नुभयो ।
उहाँले अनावस्यक बाहिर निस्कनका लागि केहि नक्कली पासको पनि प्रयोग गरेको पाइएकाले संका भएको अवस्थामा सुरक्षाकर्मीले सोध्न कुरालाई समाचार बनाउन नमिल्ने बताउनुभयो ।
जिल्ला प्रसाशन कार्यलयले पुरानै सवारी पासले काम चल्ने भन्दै नयाँ पास नदिएको अवस्थामा सुरक्षाकर्मीहरुले आजबाट पास खोस्दै अवरोध पुर्याउन थालेका समचारहरु बाहिरीएका थिए ।
ढकालले भन्नुभयो,‘ सञ्चारकर्मी यो संकटको घडिमा अहोरात्र खटिका छन् । उनिहरुलाई सूचना संकलन र प्रसारणका क्रममा रोक्ने नीति नै छैन । कतै त्यस्तो अवस्था आएमा मलाई वा महाशाखको १०३ वा १०० मा फोन गर्नु, समस्या आउँदैन । त्यही पनि पास झुडाएको देखेपछि सोध्ने काम पनि हुदैन’ ।
अहिले रेडियो र टेलिभिजनमा कार्यरत प्राविधिक र कर्मचारीहरु धेरैसंग सरकारी पास नभएकाले अवस्था छ । सरकारी पास नभएपनि संस्थाको पास भएकाहरुलाई अहिले सम्म अवरोध पुर्याउने काम नभएको ढकालको भनाई छ ।