अमेरिकामा महामारी पीडितलाई खाना बाँड्दै बेलायती राजकुमार ह्यारी र पत्नी मेगन
वीरगंज संजाल
५ बैशाख २०७७, शुक्रबार १५:४६
३००३
वासिंटन । बेलायती राजकुमार ह्यारी र उनकी पत्नी मेघनले कोरोना भाइरस महामारीबाट पीडित मानिसहरुलाई विभिन्न सहयोग गर्दै हिँडेका छन् ।
यस्तैमा अमेरिकाको लस एन्जल्समा ह्यारी दम्पतीले खाना वितरण गरे । यस क्षेत्रका गम्भीर प्रकृतिका बिरामीहरुलाई उनीहरुले खाना वितरण गरेका हुन् । उनीहरु क्यानडाबाट अमेरिका पुगेका हुन् । उनीहरु अमेरिका पुग्दा अमेरिकामा कोरोना भाइरसको महामारी चरम रुपमा पुगिसकेको थियो ।
लस एन्जल्स मेघनको जन्मस्थल पनि हो । उनीहरुले गैरनाफामुखी संस्था ‘प्रोजेक्ट एन्जल फूड’ मार्फत उनीहरुले खाना वितरण गरेका हुन् । खाना सहयोगपछि स्थानीय पीडितले ह्यारी र उनकी पत्नीको प्रशंसा गरेका छन् । उनीहरुको सामान्य जीवनशैली भएको भन्दै ह्यारीको प्रशंसा गरे ।
अप्रिल १५ मा ह्यारी र मेघनले कोरोना महामारी विरुद्ध खानाको लागि बेलायतमा ९० हजार युरो अनुदान दिने घोषणा गरेका थिए । ह्यारी र मेघन राजदरबारबाट छुटिएर क्यानडामा अलग्गै बस्न थालेपछि परोपकारी काममा आफूलाई व्यस्त बनाउन थालेका छन् । ह्यारी दम्पती एक छोरा आर्चीसहित क्यानडामा रहँदैआएका छन् । एजेन्सी