काठमाडौँ । अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या बढेको देखिएको छ ।पछिल्लो २४ घटनामा कोरोनाबाट अमेरिकामा ६ हजारभन्दा बढीको मृत्यु भएको छ । योसँगै अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३४ हजार नाघेको छ ।
पछिल्लो अपडेट अनुसार अमेरिकामा ५० वटै राज्यमा गरि मृत्यु हुनेको संख्या ३४ हजार ५७१ पुगेको छ ।
त्यस्तै संक्रमितको संख्या पनि अघिल्लो अपडेट भन्दा सामान्य बढेको छ । अमेरिकामा पछिल्लो २४ घण्टामा ३३ हजार ७१३ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै कोरोना संक्रमितको संख्या ६ लाख ७७ हजार ९ पुगेको छ ।
त्यस्तै अमेरिकामा अहिलेसम्म ५७ हजार २७१ जना ठिक भएका छन् । त्यसैगरी अमेरिकामा १३ हजार ३६९ जनाको आइसीयुमा उपचार भइरहेको छ ।
अमेरिकामा अहिलेसम्म न्युयोर्कमा मात्र मृत्यु हुनेको संख्या १६ हजार नाघेको छ । न्युयोर्कमा १६ हजार १०६ जनाको मृत्यु भएको छ । त्यस्तै न्युयोर्कमा संक्रमितको संख्या २ लाख नाघेको छ । अहिलेसम्म २ लाख २६ हजार १९८ जना संक्रमित भएका छन् ।
त्यस्तै न्यूजर्सीमा ३ हजार ५१८ जनाको मृत्यु भएको छ भने न्यूजर्सीमा अहिलेसम्म ७५ हजार ३१७ जना संक्रमित भएका छन् ।
त्यस्तै मिचिगनमा २ हजार ९३ जनाको ज्यान गएको छ ।
त्यस्तै मसाचुसेट्समा एक हजार २४५, लुसियानामा एक हजार १५६ जना, इलिनियोइसमा एक हजार ७२, कोनेक्टीकटमा ९७१, क्यालिफोर्नियामा ९४९, पेन्सिलभेनियामा ८३७, फ्लोरिडामा ६६८, जर्जियामा ६१७, वाशिंटनमा ५६७, इन्डियानामा ४७७, टेक्सासमा ४०४, मेरिल्याण्डमा ३९२, ओहियोमा ३८९, कोलोरोड़ोमा ३७४, भर्जिनियामा २०८, विस्कोनसिनमा १९७, मिस्सोरीमा १५९, एरिजोनामा १५०, नर्थ करोलिनामा १४५, टेन्नेसेमा १४१, नेभादामा १३७, अलाबामामा १३६, ओक्लोहोमामा १३१, मिसिसिपीमा १२९, केन्टुकीमा १२९, साउथ कारोलोनामा १०९ र रहो आइल्याण्डमा १०५ जनाको मृत्यु भएको छ ।