र्यापिड टेस्टमा इटलीबाट फर्केकी काठमाडौंकी एक महिलाको रिपोर्ट पोजिटिभ, पीसीआर परीक्षण हुँदै
वीरगंज संजाल
४ बैशाख २०७७, बिहीबार १२:५३
२५१३
काठमाडौं । इटलीबाट फर्केकी काठमाडौंकी एक महिलामा र्यापिड डाइग्नस्टिक टेस्टमा (आरडीटी) रिपोर्ट पोजिटिभ आएको छ।
बुढानीलकण्ड नगरापालिका ९ निवासी महिलामा हिजो गरिएको र्यापिड टेस्टमा पोजिटिभ आएको वडाध्यक्ष राजेन्द्रप्रसाद सापकोटाले जानकारी दिए । ती महिला चैत ४ गते नेपाल आएकी हुन् ।
हाल उनको स्वाब संकलन गरेर पीसीआर परीक्षणका राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको वडाध्यक्ष सापकोटाले बताए ।
ती महिला क्वारेन्टिनमा रहेको र उनीसँग सम्पर्कमा रहेकाहरूको पनि र्यापिड टेस्ट गरिने जनाएको छ ।