• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर क्षेत्र उच्च जोखिममा

  • वीरगंज संजाल
  • ४ बैशाख २०७७, बिहीबार ०९:००
  • ९१७९

    वीरगन्ज । शैली परिवर्तन नभए वीरगन्ज–पथलैया औद्योगिक कोरिडोर क्षेत्र कोरोना भाइरस फैलाउने ‘हट जोन’का रूपमा दरिने सम्भावना बढेर गएको छ । तीन जिल्लाका श्रमिककोश्रमस्थल रहेकोयो कोरिडोर क्षेत्रमा उद्योगलेश्रमिकका लागि आवश्यक मापदण्ड प्रायः अपनाएका छैनन् ।


    एक–दुई वटा औषधि निर्माण कम्पनीले भने दुई गाडीमा आउने श्रमिकलाई तीन वटा गाडीमा ल्याउने व्यवस्था गरेको र उद्योगमा पुगेपछि हातमा सेनिटाइजर लाउन दिनेबाहेक अरूखासैव्यवस्था नगरेकोपाइएको छ । यो कोरिडोरको कोयस्ट फर्मास्युटिकल्सले भने दुई सिफ्टलाई तीनसिफ्ट गरेर संख्या केही न्यून गरेको त्यहाँ कार्यरत श्रमिकको भनाइ छ । नेपाल फर्मास्युटिकल्स, नेसनल फर्मास्युटिकल्स जस्ता ठूला कम्पनीले पनि श्रमिकलाई दूरी कायम गरी काममा लगाउन नसकेको ती कम्पनीमा काम गर्ने श्रमिकले नाम उल्लेख नगर्ने सर्तमा बताए ।


    ‘सरकारका मन्त्री तथा ठूलाबडाले कुर्सी र टेबल परपर राखेर दूरी कायम गरेजस्तो मेसिनमा काम गर्ने श्रमिकले मेसिनको पार्ट परपरसारेर काम गर्न मिल्दैन,’उनले भने । पर्सा र रौतहटमा कोरोना संक्रमित फेला परेका छन् । बिहीबार उच्च आशंकामा बाराबाट पनि १४ जनालाई आइसोलेसनमा राखिएको छ । ‘यस्तो अवस्थामा अब घरको प्रेसर थेगिसक्नुछैन,’ उनीहरूले भने ।


    उतै बस कि काममा नजाऊ : श्रमिक परिवार



    ‘कि उतै बस, नत्र काममा नजाऊ,’घर परिवार र गाउँका मानिसले भन्ने गरेको श्रमिकहरूले थपे । नेपाल फर्मास्युटिकल्सका श्रमिक अगुवा मनोज चौधरीले पनि आफूहरूलाई पनि यो प्रेसर आउन थालेको बताए । ‘कहाँ– कहाँबाट उद्योगमा मानिसहरू आउँछन् । त्यहाँ काम गरेर पछि कोरोना सर्न सक्छ । बरु काममै नजाऊ भनी घर परिपार र गाउँका मानिसको दबाबआउन थालेको छ,’ उनले भने, ‘उद्योग व्यवस्थापनले आवासीय व्यवस्था तथा उद्योगमा नै क्वारेन्टाइन बनाएर काममा लगाए अलि सहज हुने थियो । नत्र यो क्षेत्रमा नै कोरोना संक्रमित फेला परेको अवस्थामा जोगिन कठिन हुन्छ ।’



    श्रमिक जोगाउनै कठिन : श्रमिक अगुवाहरू




    अत्यावश्यकीय सामग्री निर्माण गर्नत्यस्ता उद्योगलाई बन्द नगर्नू भनी नेपाल सरकारले भनेको छ । उद्योग सञ्चालकले काममा नआएपछि काममा सधैंका लागि नआउनूसम्म भन्ने गरेको आफूकहाँ गुनासो आएको समग्र उद्योग ट्रेड युनियनका केन्द्रीय अध्यक्ष आनन्द थामीले पनि बताए ।



    तर,श्रमिकको सुरक्षाको लागि यो औद्योगिक कोरिडोरमा रहेका अधिकांश उद्योगले सतर्कता नअपनाएको पाइएको छ । उद्योग चलाउने भनेको डब्लूएचओको मान्यता अनुसार हो । त्यस्ता अत्यावश्यकीय सामग्री उत्पादन गर्ने उद्योगमा कार्यरत श्रमिकलाई पीपीईसहितको स्वास्थ्य सामग्री दिएर काममा लगाउनुपर्ने हुन्छ । ‘तर, हामीकहाँ केही उद्योगले साबुन, घरेलु मास्क, स्तरहीन पन्जा र सेनिटाइजरबाहेक केही सुरक्षा सतर्कता अपनाएका छैनन्,’ उनले भने ।



    यो क्षेत्रका सबै उद्योग नचले पनि आधा जति उद्योग चलेका छन् । ती उद्योगमा सयौं श्रमिक कार्यरत छन् । ‘तर, यो महामारीमा केही सुरक्षा सतर्कता नअपनाएको बुझिएको छ,’श्रमिक अगुवामध्ये प्रदेश २ को जिफन्टको शिक्षा विभाग प्रमुख गीता भण्डारीले भनिन् ।



    श्रमिक संगठनहरूले श्रमिकका पीरमर्का बुझ्ने गरी एकद्वार प्रणालीबाट सम्बन्धित पक्षसँग कुरा गर्न जेटीयूसीसी, आईपीयूसी⁄नेक जस्ता संयुक्त समिति बनाए पनि यो संकटमाश्रमिक संगठनहरू खुलेर नबोलेको नेपाल ट्रेड युनियन कांग्रेसका पर्सा अध्यक्ष छोटेलालप्रसाद साहले पनि स्विकारे । ‘यो महामारीमा फ्रन्ट लाइनमा रहेर काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मीको सवालमा सरकारले बिमालगायतको सुविधाबारे बोलेको छ । तर, १७ गाउँबाट जम्मा भएका मानिसका बीचमा काम गरेर फर्कने श्रमिकबारेसरकार पनि प्रस्ट बोलेको छैन,’ उनले भने । सरकारले भने जस्तो उद्योग सञ्चालकले सुरक्षाको आवश्यक पूर्वाधार तुरुन्त गर्न सक्ने अवस्था छैन । त्यसो हुँदा कोरिडोरमा कार्यरत श्रमिकका कारण गाउँगाउँमा कोरोना फैलिने सम्भावना बढेर गएको शिक्षक महासंघका केन्द्रीय सदस्यसमेत रहेका साहले तर्क गरे ।



    ‘बिमा, सुरक्षित सामग्री बाहिरी मानिससँग सम्पर्कविहीन हुने गरी व्यवस्था गरिनुपर्छ । यसमा राज्यले पनि त्यो कुरा कार्यान्वयन भए–नभएको अनुगमन गर्नुपर्छ । सरकारले बोल्दियो । उद्योग प्रतिष्ठानमा के भएको छ ? खै अनुगमन ?’नेपाल कारखाना श्रमिक संघका केन्द्रीय अध्यक्ष अमृतलाल जोशीले भने ।



    औषधि उत्पादक कम्पनी सुरक्षा सतर्कता अपनाउन चुक्दै




    औषधि उत्पादक कम्पनीहरूले समेत श्रमिकका लागि आवश्यक सुरक्षा सामग्री उपलब्ध गराउन नसक्नु र उद्योग प्रतिष्ठानमा नै आवासीय तथा क्वारेन्टाइनको व्यवस्था नहुनु दुर्घटना निम्तिने काम भएन भन्ने सवालमा नेपाल औषधि उत्पादक संघका कोषाध्यक्ष प्रभात रुंगटाले यो कमजोरी नै भएको स्विकारे । ‘भारतमा औषधि उत्पादन गर्ने कम्पनी कार्यरत २६ श्रमिकमा कोभिड–१९ देखा पर्नु र यहाँ पनि सबै उद्योगले क्वारेन्टाइनसहितको व्यवस्था एकैपटक गर्न नसक्नु चुनौती देखिएको छ । तर, सरकारले अत्यावश्यकीय औषधि उद्योग बन्द गर्न नमिल्ने भनेपछि हामीले चलाउनुको विकल्प छैन । यसैमा सेनिटाइजरको केही व्यवस्था, मास्क, पन्जा जस्ता कुरा उपलब्ध गराउने त हो । यीबाहेक डब्लूएचओले भने जस्तो पीपीईसहितको सामग्री उपलब्ध गराएर श्रमिकलाई काममा लगाउन उद्योगी समर्थ छैनौं,’ रुंगटाले भने ।



    कोरोनाको ‘हट स्पोट जोन’ बन्न सक्ने खतरा




    पर्सामा ३, बारा उच्च शंकाजनक १४ र रौतहट एक कोभिड संक्रमित फेला परिसकेको अवस्थामा यो कोरिडोर‘हटस्पोट जोन’का रूपमा रहेको नेपाल औषधिउत्पादक संघका केन्द्रीय कोषाध्यक्ष रुंगटाले भने ।



    सरकारले सकेको छैन, उद्योगीले कसरी सक्नु : अध्यक्ष गुप्ता




    सानाठूला उद्योग गरी १ हजार जति उद्योग रहेको वीरगन्ज–पथलैया औद्योगिक कोरिडोरमा १४ वटा औषधि उद्योग छन् । खाद्यान्नका बारा र पर्सामा गरी ३५० वटा उद्योग रहेका छन् । जसमा ४० प्रतिशत उद्योग अहिले सञ्चालनमा रहेको वीरगन्ज उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष सुबोध गुप्ताले बताए ।



    ‘नेपाल सरकारले कोभिड–१९ को महामारीमा फ्रन्ट लाइनमा रहेका काम गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी जस्ता जनशक्तिलाई अझै सुरक्षित सामग्री उपलब्ध गराई नसकेको समयमा एउटा उद्योगीले आफ्ना श्रमिकलाई तुरुन्त सुरक्षित सामग्री उपलब्ध गराउन सम्भव छैन । त्यो पनि यो महामारीमा डब्लूएचओको मान्यताअनुसार । सम्भव भएसम्म दूरी कायम गर्ने भन्नेसम्मको कुरा हो । मास्क, पन्जा र बजारमा भेटिए सेनिटाइजरको व्यवस्था गर्नेबाहेक अर्को विकल्प छैन,’ नेपाल चामल तेल दाल उद्योग संघका केन्द्रीय अध्यक्षसमेत रहेका गुप्ताले भने ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ
  • सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर
  • एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न
  • नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    एउटै पान नम्बरबाट दुईभन्दा बढी व्यवसाय सञ्चालन नगर्न अनुगमन समितिको निर्देशन

    कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त २२ वर्षपछि पक्राउ

    भारतको हसन जिल्लामा ४० दिनभित्र हृदयघातबाट २१ जनाको मृत्यु, छानबिन सुरु

    नेपालका हिमताल विस्फोटन रोक्न ७ अर्बको परियोजना स्वीकृत

    जलवायु संकटले मानिसको जनजीवनमा गम्भीर खतरा : राष्ट्र संघ

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पूरा भयो रणवीर कपूरको रामायणको सुटिङ

    News

    सातै प्रदेशमा आम महिला मोर्चाले तोक्यो कमान्डर

    News

    एमालेमा विद्याको पुनरागमन : युवा नेतामाथि प्रश्न

    News

    नक्कली तिलहरी धितो राखेर ११ लाख ठगेको आरोपमा महिला पक्राउ

    News

    खेलकुद पत्रकार प्रोत्साहन पुरस्कारबाट बाराका सुनिल गाउँले पुरस्कृत

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑