विश्वभर कोरोनाबाट संक्रमित हुनेको संख्या २० लाख ८३ हजार नाघ्यो, अमेरिकामा मात्र संक्रमितको संख्या ६ लाख ४४ हजार, हेर्नुहोस् कुन देशमा कति ? (अपडेट)
वीरगंज संजाल
४ बैशाख २०७७, बिहीबार ०८:२१
३४९३
काठमाडौं | चीनको वुहानबाट फैलन शुरु गरेको कोरोनाभाइरस अहिले विश्वका २ सय बढी देशमा फैलिएको छ । विश्वभर कोरोनाका कारण संक्रमित र मृत्यु हुनेको संख्या बढ्दै गइरहेको छ । वर्ल्डोमिटर्सको तथ्यांक अनुसार बिहिबार बिहानसम्म विश्वभरमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ३४ हजार ६ सय १० पुगेको छ भने संक्रमितको संख्या २० लाख ८३ हजार २ सय ३६ पुगेको छ ।
त्यस्तै कोरोनाबाट संक्रमित भएका ५ लाख १० हजार ३ सय २८ जना निको भई घर फर्किएका छन् । तथ्यांक हेर्दा अमेरिकामा अन्य देशभन्दा बढी मानिसको कोरोनाको संक्रमणबाट मृत्यु भएको छ । संक्रमितको संख्या हेर्दा पनि अमेरिका पहिलो नम्बरमा रहेको छ । हालसम्म अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २८ हजार ५ सय २९ पुगेको छ भने संक्रमितको संख्या ६ लाख ४४ हजार ८९ पुगेको छ । त्यस्तै हालसम्म अमेरिकामा मात्र ४८ हजार ७ सय १ जना कोरोनाको उपचारपछि ठिक भएका छन् ।
स्पेनमा कोरोनाबाट मृत्यु हुनेको संख्या १८ हजार ८ सय १२ पुगेको छ । त्यस्तै स्पेनमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ लाख ८० हजार ६ सय ५९ जना पुगेको छ । त्यस्तै इटालीमा कोरोनाको संक्रमणबाट २१ हजार ६ सय ४५ जनाको मृत्यु भएको छ भने कोरोनाबाट संक्रमितको संख्या १ लाख ६५ हजार १ सय ५५ पुगेको छ ।