• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    बीरगन्जलाई ठूलो पीसीआर मेसिन दिदाँ जनकपुरमा मुख्यमन्त्रीको आलोचना

  • वीरगंज संजाल
  • ३ बैशाख २०७७, बुधबार १८:४५
  • ४०५३

    बीरगन्ज | बीरगन्जस्थित नारायणी अस्पताललाई प्रदेश सरकारले पीसीआर मेसिन उपलब्ध गराउने भनेको पनि दुई चार दिन नै भइसक्यो । मुख्यमन्त्री लालबाबु राउतले दुई चार दिन अघि स्थानीय रेडियोमा अन्र्तवार्ता दिदैं नारायणीमा मंगलबारबाट पीसीआर मेसिन जडान भएर कोरोनाको परिक्षण शुरु हुने बताएका थिए ।



    तर यो समाचार तयार पार्दा सम्म अझै नारायणीमा सो मेसिन जडान भएको छैन । प्रदेश सरकारले उपलब्ध गराउने भनिएको सो मेसिन ठूलो रहेको र सो मेसिनले एकैपटक ९० वटा सम्म स्वाब परिक्षण गर्न सक्ने बुझिएको छ ।



    तर बीरगन्जलाई ठूलो पीसिआर मेसिन दिदाँ जनकपुरमा भने मुख्यमन्त्री राउतको चर्को आलोचना भएको छ । जिल्लावासी भएर पनि बीरगन्जलाई राजधानी बनाउन कुनै पहल नगरेको भन्ने आरोप खेपेका मुख्यमन्त्री राउत यतिबेला जनकपुरबासीको आँखाको तारो बनेका छन् । पर्साबासीले मुख्यमन्त्री पद पाए पश्चात बीगन्जलाई राजधानी बनाउने सम्बन्धमा राउतले चुप्पी साँधेको आरोप लगाउने गरेका छन् ।


    त्यस्तै, अत्याधिक मानिस आवतजावत गर्ने बीरगन्जमा कोरोना महामारी नियन्त्रण र रोकथामका लागि प्रदेश सरकारले केही नगरेको पर्साकै स्थानीय तहका जनप्रतिनिधि तथा सरोकारवालाको पनि आरोप छ । बीरगन्जमा कोरोना विशेष अस्पताल बनाउन भनेर स्थलगत अवलोकनका लागि टोली पठाएर प्रदेश सरकारले झारा टारेको भन्दै चर्को आलोचना पनि भएको थियो ।



    यतिबेला चाहिं, जिल्ला मोह देखाउदैं बीरगन्जलाई ठूलो पीसिआर मेसिन दिएको भन्दै जनकपुरबासीले चर्को आलोचना गरेका छन् । सामाजिक सन्जालमा अनेक गालीगलौज गर्दै जनकपुरमा आउन लागेको मेसिन बीरगन्ज पठाउन हस्तक्षेप गरेको आरोप जनकपुरबासीले लगाएका छन् ।



    मुख्यमन्त्रीले पहिला नै जनकपुरलाई बेचिदिएको आरोप उनीहरुको छ । बीरगन्जमा सो ठूलो पीसिआर मेसिन जडान भए मुख्यमन्त्रीको पुत्ला दहन गर्ने सम्मको चेतावनी उनीहरुको छ । व्यक्तिगत पहलमा जनकपुर ल्याउन लागिएको मेसिन बीरगन्ज लान मुख्यमन्त्रीले हस्तक्षेप गरेको आरोप मुख्यमन्त्री माथि लागेको छ ।



    त्यस्तै, प्रदेशका जे जति योजना बन्छन् ती सबै बीरगन्जका लागि मात्र बन्न गरेको आरोप समेत जनकपुरवासीको छ ।रासस

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑