• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    कोरोना विशेष बन्यो पाटन अस्पताल

  • वीरगंज संजाल
  • ३ बैशाख २०७७, बुधबार १८:३२
  • ६४५५

    काठमाडौँ | सरकारले पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई कोरोना संक्रमितको उपचार गर्ने थलो तोकेपछि विशेष कक्ष तयार पारिएको छ । मगंलबार दुई संक्रमित त्यहाँ भर्ना भई उपचार गराइरहेका छन् ।



    यसअघि ४२ जना कोभिड–१९ का शंकास्पद बिरामी भर्ना भई उपचार लिइसकेको अस्पतालका निर्देशक डा.विष्णुप्रसाद शर्माले बताए। ‘जतिबेला चीनको वुहानमा कोरोना भाइरसको संक्रमण फैलिरहेको थियो त्यतिबेलै स्वास्थ्य मन्त्रालयले हामीलाई तयार रहन निर्देशन दियो, तुरुन्तै आइसोलेसन बेड छुट्याउन भनियो,’ उनले भने, ‘भर्ना भएर उपचार लिइरहेका १० जना बिरामी अन्तै सारेर हामीले पाँच बेडको आइसोलेसन बेड छुट्यायौं।’



    बिरामीबाटै उठेको रकमले चल्ने अस्पताललाई बिरामी सारेर आइसोलेसन बेड तयार गर्न मुस्किल भएको उनले बताए। संक्रमणको जोखिम बढ्दै गएपछि कोभिडका लागि थप तयारी गर्नुपर्ने स्थिति आयो। थोरै जनशक्ति र सीमित पूर्वाधारबीच अस्पतालले गरेको तयारी राम्रो छ। वार्डलाई विस्तार गरी कोभिडकै लागि अस्पतालले चार तले भवन तयार गरिसकेको छ। अस्पतालको सेवा विस्तारका लागि नयाँ भवन निर्माण भैरहेको थियो। त्यही नयाँ भवनलाई अहिले कोभिड १९ का लागि छुट्याएको छ। जहाँ १५ जना संक्रमित राख्ने क्षमता छ।



    ‘भुँइचालोले भत्काएको भवनलाई हामी पुननिर्माण गर्दै थियौं,’ डा.शर्माले भने, ‘प्रशासनिक प्रायोजनका लागि बनिरहेको भवन अब कोभिड उपचार भवनमा परिणत भयो।’ यही भवनमा ज्वरो क्लिनिकदेखि आइसोलेसन वार्ड छन्। शंकास्पद बिरामी राख्न ६ वटा आइसोलेसन कोठा छन्।



    मगंलबारसम्म आइसोलेसनमा चार जना शंकास्पद बिरामी भर्ना थिए। यस्ता बिरामी सिथिल भए विशेष उपचारका लागि १४ भेन्टिलेटरसहित २१ बेडको आईसीयू तयार रहेको उनले बताए। ‘अस्पतालको आईसीयू सेवा विस्तारका लागि हामीले तयारीमा यी समान खरिद गरेका थियौं,’ उनले भने, ‘संयोगले आज यसरी काम लाग्यो यो पुर्वाधार।’ कोभिडकै उपचारमा खटिने चिकित्सक र नर्स तथा अन्य जनशक्ति गरी ४० जना तयार राखिएको उनले बताए। जसले विभिन्न टिममा विभाजन भएर काम गर्नेछन्। तीमध्ये ८ जना अहिले पालैपालो गरी ज्वरो क्लिनिकमा खटाइएका छन्।





    शंकास्पद र संक्रमित बिरामी हेर्ने चिकित्सक र स्वास्थ्यकर्मीका लागि विशेष सुरक्षा अपनाइएको उनले बताए। ‘आइसोलेसनमा खट्ने सबैलाई पीपीईको व्यवस्था छ,’ उनले भने, ‘विश्व स्वास्थ्य संगठनको मान्यताप्राप्त पीपीई अभाव भएकाले अस्पतालमा आफैं बनाइएका स्थानीय पीपीईको प्रयोग भइरहेको छ।’ अस्पतालले हालसम्म दुई सयको हाराहारीमा पीपीई सिलाइसकेको छ भने दैनिक पाँचवटासम्म पीपीई अस्पतालकै चार कर्मचारीले सिलाइरहेका छन्। दुई हजारको संख्यामा कपडाका मास्क पनि अस्पतालमै सिलाइएको छ।



    ‘पानी र हावा नछिर्ने कपडाको पीपीई बनेको छ,’ उनले भने, ‘हामीलाई यो लगाएर काम गर्दा सुरक्षित नै महशुस हुन्छ, आवश्यक परेको ठाउँमा मात्रै एन–९५ र सर्जिकल मास्क दिइन्छ।’ भोलि मास्कबिनै काम गर्नुपर्ने स्थिति नआओस् भनेर कर्मचारीलाई त्यही अनुसार मास्क दिइएको उनले बताए।



    धेरै कर्मचारीले कपडाकै मास्क लगाएर काम गरिरहेका छन्। पीपीईलाई संक्रमणमुक्त बनाएर पुनःप्रयोग गर्ने गरिएको छ। पीपीई जोगाउन यसो गरिएको उनको भनाई छ। ‘संक्रमणमुक्त बनाउन अटोक्लेभ गर्दा पीपीईको आयु र गुणस्तर घट्दो रहेछ,’ उनले भने, ‘त्यसैले एउटै पीपीई धेरै प्रयोग हुन्छ भन्ने आशा गर्ने स्थिति छैन।’ भोलिका दिनमा बिरामी बढेमा अस्पतालमा भएका पीपीईले नपुग्ने उनले बताए। अस्पतालमा एक हजार पाँच सय कर्मचारी छन्। सबै कर्मचारी अहिले अस्पताल आउँदैनन्। ५० प्रतिशत कर्मचारीलाई बिदा दिएर अस्पतालको भीड कम गरिएको डा. शर्माले बताए।

    संक्रमित बिरामी हेर्ने चिकित्सक अस्पतालमै



    कोभिड १९ संक्रमित बिरामीको उपचारमा खटिने चिकित्सक र स्वास्थ्यकर्मीलाई अस्पतालमै बस्ने सुविधा छ। ६० कर्मचारी अट्ने खालको आवास व्यवस्था भएको निर्देशक डा. शर्माले बताए। संक्रमित बिरामी हेरेका चारजना कर्मचारी अहिले अस्पतालमै बसिरहेका छन्। ‘हुन त पीपीई लगाएर बिरामी हेरेपछि सुरक्षित नै भइन्छ,’ उनले भने, ‘तैपनि चिकित्सकलाई घर जान अप्ठेरो छ, जान चाहदैनन् भने खानबस्न सुविधा छ।’ भोलिका दिनमा ६० जनाभन्दा बढी कर्मचारी राख्नुपर्ने अवस्था आए पनि अस्पतालले व्यवस्था गर्ने उनले बताए।

    बिरामीको चाप घट्दो



    कोभिड संक्रमण बढ्न थालेपछि अस्पतालमा अन्य बिरामीको चाप घट्दो छ। अस्पतालले कुनै पनि सेवा बन्द भने गरेको छैन, ओपीडी पनि खुला छ। दैनिक दुई हजार बिरामी पस्ने अस्पतालमा अहिले मुस्किलले डेढ सय आउने गरेको उनले बताए। आकस्मिक कक्षमा पनि दैनिक ५० जना बिरामी आउने गरेका छन्।



    अस्पतालमा ज्वरो या संक्रमणका बिरामी जहाँसुकै नघुमुन भनेर विषेश सावधानी अपनाइएको छ। क्लिनिकमा त ज्वरो नापिन्छ नै आकस्मिक कक्षबाहिर पनि फेरि तापक्रम हेरेर मात्रै आगन्तुक भित्र छिराइन्छ। यसलाई डा. शर्मा ‘डबल स्क्यानिङ’ भन्छन्। अस्पताल छिर्ने जोसुकैलाई एक मिटरको ‘डिस्टेन्स मेन्टेन’ गरेर आफ्नो सुरक्षा आफै गर्न भनिएको छ। अस्पताल मुलगेटमा हात धुन धारा र साबुन राखिए पनि यसको व्यवस्थापनमा निकै कमजोरी देखिएको छ।

    संक्रमित समान्य


    अस्पतालमा अहिले दुईजना संक्रमित भर्ना भए पनि उनीहरूको स्वास्थ्य सामान्य रहेको उनले बताए। सामान्य भएकाले कुनै औषधिसमेत दिइएको छैन। सनसिटी अपार्टमेन्टमा बस्ने उनीहरुको आरडिटी पोजिटिभ देखिएपछि अस्पताल भर्ना गरिएको थियो। अस्पतालमा गरिएको पिसिआर परीक्षणमा पनि पोजिटिभ देखिएपछि उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको थियो।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम
  • भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा
  • बढ्यो पेट्रोलियम पदार्थको मूल्य
  • ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    पर्सामा भारतबाट अवैध रूपमा ल्याइएका २४०० गोटा ब्रोइलर चल्ला नष्ट

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेशमकोटीस्थित एक गोदाममा प्रहरीको छापा,ठूलो परिमाणमा कपडा बराम

    News

    भारतको महावाणिज्य दूतावासद्वारा योग कार्यक्रम, नागरिकको उत्साहजनक सहभा

    News

    बढ्यो पेट्रोलियम पदार्थको मूल्य

    News

    ९ वर्षपछि संघीय निजामती ऐन संसदमा पेस , मन्त्री गुप्ताको नेतृत्वमा ऐतिहासिक प्रगति

    News

    ११औं अन्तर्राष्ट्रिय योग दिवसमा बीरगंजस्थित भारतीय दूतावासद्वारा नेपालमा विविध कार्यक्रम

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑