गोरखा | गोरखाका एक युवकमा कोरोनाभाइरस (कोभिड–१९) पोजेटिभ देखिएको छ ।
गत फागुन २२ गते बहराइनबाट नेपाल आएका आरुघाट गाउँपालिका–५ का ३१ वर्षीय युवकमा गरिएको र्यापिड टेष्टमा कोरोना पोजेटिभ आएको हो ।
जिल्ला स्वास्थ्य कार्यालय गोरखाका कोरोना फोकल पर्सन नारायण अर्यालका अनुसार मंगलबार जिल्ला जनस्वास्थ्य कार्यालयले आरुघाट गाउँपालिकामा गरेको र्यापिड टेष्ट गरेकोमा उनको मात्रै एन्टिबढी पोजेटिभ देखिएको हो ।
र्यापिड टेस्टको रिपोर्ट पोजेटिभ आए पनि ती युवामा कोरोनाको लक्षण नदेखिएको र अवस्था सामान्य रहेको बताइएको छ ।
उनलाई अहिले आरुघाट प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेसनमा राखिएको छ । उनको थ्रोट स्वाब संकलन गरी परीक्षणका लागि पोखरा पठाइएको छ।