तीन भारतीय संक्रमितसँगै नमाज पढेका ५ जना छिपहरमाईमा, गाउँपालिका भयो सिल
वीरगंज संजाल
३ बैशाख २०७७, बुधबार १४:२८
३००५
पोखरिया| बीरगन्जमा रहेका तीन भारतीय कोरोना संक्रमितसँगै नमाज पढेका ५ जना भेटिएपछि पर्साको छिपहरमाई गाउँपालिकालाई आजबाट पूर्ण रुपमा सिल गरिएको छ । मंगलबार साँझ बसेको बोर्डको बैठकले आजबाट सिल गर्ने निणय गरेको हो ।
बीरगन्जस्थित छपकैयाको श्रीराम हल नजिक डेरामा बस्दै आएका उनीहरु लकडाउन भएपछि गाउँ फर्किएका थिए । गाउँ फर्किएका ती ५ जनाले छपकैयाको मस्जिदमा पुष्टि भएका ३ जना भारतीय कोरोना संक्रमित व्यक्तिहरुसँगै नमाज पढेको खुलेपछि उनीहरुलाई क्वारेन्टाइनमा राखेर गाउँपालिकालाई सिल गरिएको अध्यक्ष गुप्ताले जानकारी दिए । गाउँपालिकाको वडा नम्बर ५ भिस्वाका सहब जान मियाँ र उनका छोरा जाकिर हुसैन सहित परिवारका ५ जना सदस्यहरुलाई आजबाट क्वारेन्टाइनमा राखिएको छ । त्यस्तै, गाउँमा उनीहरुको सम्पर्कमा आएका सबैको फिभर जाँच गर्ने र शंका लागेमा अन्यलाई पनि क्वारेन्टाइनमा राखिने गुप्ताले बताए ।
साथै, गाउँपालिकाले बीरगन्जको छपकैयागएका वा सो ठाउँको कुनै मान्छेको सम्र्पकमा आएको व्यक्तिहरुलाई तुरुनत सथानिय प्रशासन तथा हेल्पलाईनमा नम्बर ९८०९२७८०२७ मा सम्पर्क गर्न अनुरोध गरेको छ ।
त्यस्तै, सोही गाउँपालिकाको वडा नम्बर ५ भिस्वामा रहेको एउटा मस्जिदमा फेला परेका २ जना भारतीयलाई क्वारेन्टाइनमा राखिएको छ । भारतको बिहारका अलि मियाँ र सहजाद मियाँ उक्त मस्जिदमा बसेको जानकारी आएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको अध्यक्ष गुप्ताले जानकारी दिए । शुरुमा सोधपुछ गर्दा घर नारायणघाट बताएका उनीहरुसँग नेपाली नागरिक हो भन्ने कुनै प्रमाण नभेटिएपछि सर्तकर्ता अपाउदैं क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।
यस्तै, कोरोना फैलन नदिन गाउँपालिकालाई पूर्ण रुपमा सिल गरिएको र कसैलाई पनि घर बाहिर निस्कन नदिइने निर्णय भएको अध्यक्ष गुप्ताले बताए । यदि पुरानो रोग बिरामीलाई औषधीको आवश्यकता परेमा वा अन्य खाद्य सामाग्री आवश्यक परेमा प्रहरीले सहजीकरण गर्ने उनले बताए ।
यससँगै, सो गाउँपालिकाको क्वारेन्टाइनमा रहेका व्यक्तिको संख्या २९ पुगेको छ । जबकि पालिकाले जम्मा ३० जनाको क्षमताको मात्र क्वारेन्टाइन बनाएको छ ।