• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    एसइईदेखि १२ कक्षासम्मका परीक्षा ‘होम सेन्टर’मा गर्ने तयारी

  • वीरगंज संजाल
  • ३ बैशाख २०७७, बुधबार १२:५१
  • ४७०३

    काठमाडौं | स्थगित भएका माध्यमिक शिक्षा परीक्षा (एसइई)देखि १२ कक्षासम्मको परीक्षामा होम सेन्टर दिने तयारी भएको छ । असहज परिस्थिति र विद्यार्थीलाई टाढा गएर परीक्षा दिने मनस्थिति नहुने भन्दै शिक्षा मन्त्रालयले लकडाउन सकिएपछि होम सेन्टरमा परीक्षा लिने तयारी गरेको हो ।



    परीक्षा केन्द्रको विकल्पका बारेमा शिक्षा मन्त्रालयले सरोकार पक्षसँग छलफल गरिरहेको छ । शिक्षा मन्त्रालयका विद्यालय महाशाखा प्रमुख सहसचिव कृष्णप्रसाद काप्रीले होम सेन्टर बनाइनुपर्ने पक्षमा शिक्षामन्त्री गिरिराजमणि पोखरेललगायतलाई विश्वस्त पार्ने प्रयास गरेका छन् । शिक्षा मन्त्रालयका सहसचिव काप्रीले विद्यार्थी घर बसेर जाँच दिन सक्ने गरी तयार भएको बताए ।



    कतिपय विद्यालय क्वारेन्टाइन बनाइएको र संक्रमण सकिएपछि पनि सामान्य अवस्था नहुने उनको भनाइ छ । उनले भने, ‘विकल्पमध्ये होम सेन्टरका बारेमा छलफल चलेको हो, टुंगोमा पुगिसकिएको होइन ।’ उनले परीक्षाको मर्यादा र विश्वसनीयता रहने गरी व्यवस्था हुने बताए ।



    राष्ट्रिय परीक्षा बोर्डका पदाधिकारी भने सबै होम सेन्टर बनाउने गरी व्यवस्था गर्नुपर्ने पक्षमा छन् । ‘कक्षा ११ र १२ का अधिकांश विद्यार्थी काठमाडौं र सहरमा डेरामा बसेर पढिरहेका छन्, होम सेन्टर दिए पनि ती विद्यार्थी काठमाडौं वा सहरमा डेरामै बस्न आउनुपर्छ,’ बोर्डका एक अधिकारीले भने, ‘कतिपय निजी विद्यालयमाथि परीक्षा केन्द्र किनेको आरोप लाग्दै आएको छ, उनीहरूले होम सेन्टर नै पाए शिक्षाको अवस्था के होला ?’



    दुर्गम जिल्ला र अप्ठ्यारो पर्ने ठाउँका विद्यार्थीका लागि होम सेन्टर गर्दा राम्रो हुने बोर्डका अधिकारीको भनाइ छ । विद्यार्थी आफैँले पढेको विद्यालयमा परीक्षा केन्द्र राख्दा मर्यादित नभएको भन्दै यसअघि शिक्षा मन्त्रालयले हटाएको व्यवस्था फेरि कार्यान्वयनमा ल्याउन थालेको हो ।



    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेलले होम सेन्टर नभई विद्यार्थी घरबाट परीक्षा दिन जान–आउन सक्ने गरी परीक्षा केन्द्र कायम गर्न सकिन्छ कि भन्ने तयारीमा लागेको बताए । ‘कोरोना भाइरस संक्रमणको अवस्था हटेर सामान्य भएपछि परीक्षा लिने हो,’ उनले भने, ‘अहिले विद्यार्थीलाई डेरा दिन नमान्ने अवस्था छ । सकेसम्म विद्यार्थी घरबाट हिँडेर पुग्न सकिने ठाउँमा पढेकोभन्दा फरक विद्यालयमा पर्ने गरी नयाँ सेन्टर कायम गर्न सकिन्छ कि भनेर होमवर्क गरिरहेका छौँ ।’ शिक्षा मन्त्रालयले होम सेन्टरका लागि औपचारिक छलफल नगरेको उनले बताए ।



    परीक्षा सुरु हुनुभन्दा केही घन्टाअघि मात्रै एसइई परीक्षा स्थगित भएको थियो । परीक्षा केन्द्रमा पुगेको एसइईको प्रश्नपत्र फिर्ता गरी अधिकृतस्तरका प्रहरी रहेको कार्यालय तथा जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । ११ र १२ कक्षाको पनि प्रश्नपत्र छपाइ सकिएको छ । छपाइ सकेर परीक्षा केन्द्रअनुसार प्रश्नपत्र प्याकिङ गरी सुरक्षाकर्मीको मातहतमा जनक शिक्षा सामग्री केन्द्रमा राखिएको छ । बोर्डका अनुसार होम सेन्टर कायम भएमा प्रश्नपत्र पुनः छाप्नुपर्ने अवस्था आउँछ । ०६४ सालदेखिका विद्यार्थीले परीक्षा दिने भएकाले कतिपय केन्द्रमा दुई–चारजना पनि रहेको र त्यस्तो अवस्थामा प्रश्नपत्र पुनः छपाइ गर्नुपर्नेछ ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑