मुम्बई अस्पतालका १० स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण
वीरगंज संजाल
३ बैशाख २०७७, बुधबार १२:४९
३६३५
मुम्बई । मुम्बई अस्पतालका थप १० जना स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण भएको छ ।
अस्पताका तीनजना कोरोना संक्रमित बिरामी भर्ना गरिएपछि उनीहरुलाई क्वारेन्टाइनमा राखिएको थियो । हाल उक्त अस्पतालका ३५ स्वास्थ्यकर्मी र कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ । उनीहरुको अस्पतालमा उपचार भइरहेको छ ।
संघीय स्वास्थ्य मन्त्रालयले महाराष्ट्रामा हाल दुई हजार ६८७ कोरोना संक्रमित छन् भने २५९ को उपचारपछि अस्पतालबाट डिस्चार्ज गरिएको जनाएको छ । महाराष्ट्रमा कोरोना संक्रमणबाट १७८ जनाको मृत्यु भएको छ । –एएनआई