इटालीमा बुधबार बिहानसम्म ज्यान गुमाउनेको संख्या २१ हजार ६७ पुगेको छ । एकैदिन ६०२ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या २१ हजार ६७ पुगेको हो ।
इटालीमा एकैदिन २ हजार ९ सय ७२ जनामा संक्रमण देखिएसँगै संक्रमित हुनेको संख्या १ लाख ६२ हजार ४ सय ८८ पुगेको छ । इटालीमा संक्रमितमध्ये ३७ हजार १३० जना उपचारपछि निको भएका छन् ।
३ हजार १८६ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ । १ लाख ४ हजार २९१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।