एजेन्सी। विश्वका अरु देशहरु जस्तै कोरोना भाइरसको महामारीको चपेटामा परेका अष्ट्रेलिया र इटालीमा केही पसलहरु आजबाट खुलेका छन् ।
गार्डेन सेन्टर, दिय् स्टोर, र साना पसहरु पनि कडा सामाजिक दूरीको नियमको आधारमा खोलिएको बीबीसीमा समाचार छ । कोरोना भाइरसको संक्रमणबाट २० हजार भन्दा बढीले ज्यान गुमाएको इटालीमा पनि पसलहरु सरकारले खोल्न दिएको छ । तर इटालीमा पूरै पसलहरु भने खोल्न नदिइने जनाइएको छ ।
कोराना भाइरसको महामारीको खतराको जोनमा परेका स्थानहरुमा भने पसलहरु खोल्न नदिने निर्णय भएको छ । कडा सामाजिक दूरीको नियम अपनाउने गरी लकडाउन अवधिको पाँच सातापछि पसलेले किताब र कपडा बेच्न सुरु गरेको छ ।
त्यस्तै अन्य देशहरुले पनि विस्तारै व्यवसायहरु सुरु गर्ने थालेका छन् । स्पेनमा पनि केही कामदारहरु काममा जान थालेका छन् । त्यस्तै डेनमार्कले पनि स्कुलहरु खुलेका छन् ।
केही समय अगाडि चीनले कोरोना भाइरसको संक्रमणको उद्गम स्थल वुहानमा लकडाउन हटाएको थियो। लकडाउन हटाउनसाथ त्यहाँका मानिसहरु पहिलाको जस्तै सामान्य जीवन विताउन थालेका छन् । पसलहरु पनि खुलेका छन् ।