गोरखा | र्यापिड डाइग्नोस्टिक टेस्ट(आरडिटी) परीक्षणको क्रममा गोरखा आरुघाटका एकजनाको रिपोर्ट पोजेटिभ देखिएको छ ।
मंगलबार स्वास्थ्य कार्यालय गोरखा र आरुघाट गाउँपालिकाको स्वास्थ्य इकाइले आरडिटी प्रविधिमार्फत एण्टिबडी जाँच गर्दा आरुघाट गाउँपालिका ५ का एकजनाको पोजेटिभ देखिएको गाउँपालिकाले जनाएको छ ।