अलौँमा वार्ड समितिको अनैतिक क्रियाकलापले वार्ड समितिलाई नै बहिष्कार
वीरगंज संजाल
२ बैशाख २०७७, मंगलवार २२:४०
३३४९
वीरगंज | वीरगंज महानगरपालिका वार्ड नं. १७ अलौको आमोद यादवको अध्यक्षतामा बनेको सर्बद्लिय र सर्बपक्षीय समितिले आज दोस्रो दिनपनी राहत बितरन कार्य जारी राखेको छ।
अलौका वार्ड समिती महानगरले बजेट पठाएपनि अहिलेसम्म सम्म मुख ताकेर बसिरहेको बेला र वार्ड समितिको अनैतिक क्रियाकलापले वार्ड समितिलाई नै बहिष्कार गरि जिल्ला समन्वय समितिका सदस्य अमोद यादवको अध्यक्षतामा बनेको सर्बदलिय र सर्बपक्षीय समितिले आज दोस्रो दिन पनि विभिन्न दाताहरु बाट खाद्यान्न सहयोगमा लिएर अलौका एकदम गरिब निमुखा दैनिक आफ्नो हात मुख जोडन समेत अप्ठ्यारो रहेको १५० परिवार लाई आज पनि चामल १० किलो, मसुरीदाल ५०० ग्राम, खाने तेल ५०० ग्राम, एक प्याकेट नुन सहित प्याकेत बनाएर वितरण गरिएको थियो।
सर्बदलिय उपसमितिले सिफारिस गरेको गरिब निमुखाहरु लाई राहत दिने निति अनुसार आज दोस्रो दिन पनि बितरन गरिएको छ। कार्यक्रममा सर्वदलिय समितिका संयोजक अमोद यादव, नेकपाको अलौँ ईकाइ अध्यक्ष गङ्गाधर महतो, नेपाली कांग्रेसका युवा नेता संजु छतकुली, नेपाली कांग्रेसका ओम कृष्ण लामिछाने, राजपाका राजबंशी साह कानु, राप्रपाका सुमेश्वर नाथ उपाध्याय, युनिभर्सल युनाइटेड कल्बका अध्यक्ष राजेश पटेल र कल्बका साथिहरु लगायत को सहभागिता रहेको थियो।
यसरी बिपन्न गरिब निमुखाहरुको चुलो कहिले पनि बन्द नहोस् भनेर खाद्यान्नहरु दिएर सहयोग गर्ने सहयोगी हातहारु लाई सर्बदलिय तथा सर्बपक्षीय समितिले मुरिमुरि धन्यवाद ब्यक्त गरेको छ। साथै राहत वितरणको काम निरन्तरता चलिरहने सर्बदलीय समितीका सदस्य संजु छतकुलीले बताउनुभयो।