विरगंज | मुस्लिम आयोगले देशभरका मद्रसाहरुलाई क्वारेन्टाइन बनाउन माग गरेको छ । देशभरी नै पर्याप्त संख्यामा होस्टल समेतका मद्रसाहरु रहेको उल्लेख गर्दै आयोगका अध्यक्ष समीम मियाँ अन्सारीले मंगलबार विज्ञप्ती जारी गर्दै त्यसमा क्वारेन्टाइन व्यवस्थापन गर्न सके निजकै सहज हुने विश्वास व्यक्त गरेका छन् ।
मद्रसाहरुमा भान्सा घर, शौचालय, स्नान कक्ष, बिजुली, खानेपानीको व्यवस्था हुने र पर्याप्त आकारका मैदान हुने भएकाले क्वारेन्टाइन बनाउन उपयुक्त हुने आयोगको भनाइ छ ।
आयोगले राज्य विपदमा रहेकाबेला क्वारेन्टाइन प्रयोजनका लागि मद्रसा उपलब्ध गराउन चाहने व्यवस्थापन समितिले सम्पर्क गर्न अनुरोध गरेको छ ।