अन्य रोगका बिरामीको उपचार नेशनल मेडिकलले गर्छ : मेसु डा. मदन उपाध्याय
वीरगंज संजाल
२ बैशाख २०७७, मंगलवार १५:२०
४२४९
बीरगन्ज | कोरोना परिक्षणका लागि आवश्यक पर्ने पीसिआर मेसिन अहिलेसम्म नआएको नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताएका छन् ।
केन्द्र सरकारले अस्पताललाई सोमबार मात्र कोभिड अस्पताल बनाउने घोषणा गरेको थियो । यसैगरी, प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले पनि नारायणीमा मंगलबारबाट कोरोना परिक्षण शुरु हुने भन्दै सोमबार विभिन्न सन्चारमाध्यममा बताएका थिए ।
तर हालसम्म केही स्वास्थ्य सामाग्री बाहेक पीसिआर मेसिन भने नआएको अस्पतालका मेसु डा. उपाध्यायले जानकारी दिएका छन् । परिक्षण मेसिन नआएको अवस्थामा कहिले देखि कोरोना परिक्षण शुरु गर्ने भन्ने कुरा अहिले भन्न नसकिने उनले बताए ।
नारायणीमा हाल बीरगन्जमा भेटिएका ३ भारतीय र रौतहटका एक युवकसहित ४ जनालाई आइसोलेसनमा राखेर उपाचार भइरहेको छ ।
यद्यपि, नारायणीलाई कोभिड अस्पताल बनाउन तयारी भइहरको उनले जानकारी दिए । कोरोनाका अझै संक्रमित थपिएमा नारायणीले कसरी व्यवस्थापन गर्नेछ भन्ने प्रश्नमा डा. उपाध्यायले ५० वटा आइसोलेसन बेडसहितको कोभिड अस्पताल बनाउने गरी तयारी भइरहेको बताए । यस्तै, कोरोना बिरामीको उपचार विस्तार गर्नेबारे अन्य निजी अस्पतालहरुसँग पनि कुरा भइरहेको उनले बताए ।
अन्य रोगका बिरामीको उपचार नेशनलमा
यस्तैगरी, नारायणी अस्पतालका मेसु डा. मदन उपाध्यायले नारायणीम रहेका अन्य बिरामीको उपचार नेशनल मेडिकल कलेजले गर्ने बताउनु भएको छ । अन्य रोगका बिरामीको उपचारबारे कुरा भइहरको बताउदैं त्यस्ता बिरामीलाई उपाचार गर्न सरकारले नेशनल मेडिकल कलेजलाई पत्राचार गरिसकेको खुलासा गर्नुभयो । “नेशनलले सरकारी दर रेटमै अन्य रोग बिरामीको उपचार गर्ने गरी सरकारले निर्देशन दिएको छ” डा. उपाध्यायले बताए ।