• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नारायणी अब कोभिड अस्पताल : कतै खुशी, कतै चिन्ता

  • वीरगंज संजाल
  • २ बैशाख २०७७, मंगलवार १५:१३
  • ४९०५

    बीरगन्ज | केन्द्र सरकारले अन्ततः बीरगन्जस्थित नारायणी अस्पताललाई लेबल २ कोभिड अस्पताल बनाए सँगै मिश्रित प्रतिक्रिया आएको छ । नागरिक समाजका विभिन्न व्यक्तित्वहरुले सरकारको निर्णयबारे मिश्रित प्रतिक्रिया दिएका हुन् । कोरोनाको संक्रमण बढेसँगै सीमानाका हुदैं आवतजावत गर्ने मानिसको अत्याधिक चाप हुने बीरगन्जको नारायणी अस्पताललाई कोरोनाको विशेष अस्पताल बनाउनु पर्ने माग नागरिक समाजबाटै उठेको थियो ।



    सोही अनुरुप केन्द्र सरकारले नारायणीलाई कोभिडका मध्यम र अति जटिल केश हेर्ने गरी कोभिड अस्पताल बनाएको हो । सरकारले सोमबार जारी गरेको कोभिड तथा अन्य स्वास्थ्य सेवा प्रवाहको अन्तरिम निर्देशिकामा सो उल्लेख छ । यस्तै, प्रदेश सरकारले पनि नारायणी अस्पताललाई सोमबार साँझ पीपीई लगायतका स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । यद्यपि, कोरोना परिक्षणको शुरुवात गर्न पीसिआर मेसिन भने अझै पनि बीरगन्ज आइपुगेको छैन ।



    नारायणी कोभिड अस्पताल बन्ने समाचार सार्वजनिक भएसँगै दुई थरिका प्रतिक्रिया बाहिर आएका छन् । घना बस्तीको बीचमा रहेको नारायणी अस्पताल कोभिड बने कोरोनको जोखिम बढ्ने र त्यहाँ रहेको अन्य रोगका बिरामीको बिचल्ली हुने कतिको तर्क छ भने कतिले सरकारको यो निर्णयलाई राम्रो भन्दै अधिकांशले खुशी व्यक्त गरेका छन् ।



    नेपाली काँग्रेसका पर्सा सभापति अजय दुवेद्धीले सरकारको निर्णयलाई उत्तम भनेका छन् । दुवेद्धीले नारायणीलाई नै कोभिड अस्पताल बनाउने भए अन्य रोगका बिरामीको सुलभ र सस्तो उपचारका लागि व्यवस्था गर्न सरोकारवालासँग आग्रह गरेका छन् ।



    राजपाका नेता नेजामुद्दिन समानीको भने अन्य अस्पताललाई कोभिड अस्पताल बनाउनुपर्ने कुरा उठाएका छन् । अहिलेको अवस्थामा नारायणी अस्पताल मात्र एउटा अस्पताल हो जहाँ प्रसुति लगायत अन्य बिरामीको उपचारको लागि संचालनमा रहेको छ भन्दै समानीले नारायणी अस्पताल बाहेक अरु ठाउँमा कोरोना सम्बन्धी उपचार शुरू गरी नारायणीमा बन्द भएको सेवा सुचारु गर्न माग गरेका छन् ।



    यस्तै, संचारकर्मी शम्भु कुमार सुमनले भने नारायणीलाई कोभिड अस्पताल बनाउनु दुखद भएको बताएका छन् । बीरगंजको एक मात्र सरकारी नारायणी अस्पताललाई कोरोना अस्पताल बनाएको खण्डमा अन्य बिरामी कहां जान्छन् भन्दै उनले प्रश्न गरेका छन् । भन्सार नजिक रहेको डेन्टल मेडिकल क्लेज, नेशनल मेडिकल कलेज, गण्डक हस्पिटल वा प्रदेश सरकारले भन्ने अनुसार बाराको कलैया अस्पताललाई नै कोरोना अस्पताल बनाउँदा उपयुक्त हुने सुझाव उनको छ ।



    यसैगरी, दिवाकर विष्टले अन्य अस्पताललाई कोरोना विशेष अस्पताल बनाई, नारायणीमा अरु सबै बिरामीहरुको सर्वसुलभ तरिकाले उपचार गर्ने व्यवस्था गर्नु उपयुक्त हुन्छ भन्दै आफ्नो विचार व्यक्त गरेका छन् ।


    रहबर भए आलोचित


    केन्द्र सरकारले सोमबार नारायणीलाई कोभिड अस्पताल गरे सँगै नेकपा महानगर कमिटीका अध्यक्ष एवं गण्डक हस्पिटलका संचालक रहबर अन्सारीले सोमबार राति आफ्नो अस्पताल कोरोना उपचारका लागि निशुल्क उपलब्ध गराउने भनेसँगै उनी आलोचित भएका छन् । सोमबार राति फेसबुकमा एउटा पोस्ट लेख्दै कोरोना उपचारका लागि आफ्नो अस्पताल निस्शुल्क सरकारलाई उपलब्ध गराउने जानकारी गराएका थिए ।
    सरकारले नारायणीलाई कोभिड अस्पताल घोषणा गर्नु अघि सम्म चुप लागेर बस्ने अनि अहिले अन्सारीले यस्तो कुरा गर्नु केवल राजनीतिक स्टन्ट भएको बताएका छन् । कतिपयले भने अन्सारीले ढिलै भएपनि गरेको यो निर्णय स्वागत योग्य भएको बताएका छन् ।



    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न
  • बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    वीरगंजमा कृत्रिम खानेपानी अभाव सिर्जना गर्ने कार्य: नेपाल खानेपानी संस्थानको गम्भीर ध्यानाकर्षण, नगरवासीलाई सचेत रहन अपिल

    लगातार ५ बलमा ५ विकेट लिएर विश्वरेकर्ड, कुनै पनि व्यसायिक क्रिकेटमा पहिलो घटना

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    News

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    News

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑