पेप्सीकोलास्थित सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका तीनजनामा कोरोना संक्रमणको आशंका, पाटन अस्पताल भर्ना
वीरगंज संजाल
१ बैशाख २०७७, सोमबार १८:३९
४१४९
काठमाडौँ | काठमाडौंको पेप्सीकोला टाउन प्लानिङस्थित सनसिटी अपार्टमेन्टको १५ औं तलामा बस्ने आमा, छोरा र बुहारीलाई र्यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा कोरोना पोजिटिभ देखिएको छ । प्रहरी उच्च स्रोतका अनुसार परिवारका तीनजालाई कोरोना पोजिटिभ देखिएपछि सबैलाई पाटन अस्पतालको आइसोलेसनमा लगेर भर्ना गरिएको छ ।
उनीहरुको पीसीआर गर्नका लागि पठाइएको पाटन अस्पतालस्थित स्रोतले पनि पुष्टि गरेको छ।
स्रोतका अनुसार उक्त परिवार सो चैत ५ गते लण्डनबाट फर्किएको थियो। अपार्टमेन्टमा बस्ने तीनजनालाई कोरोना पोजेटिभ देखिएपछि सो बिल्डिङलाई नै लकडाउन गरेर प्रहरीले उच्च सतर्कता अप्नाएको छ।
प्रहरीले उक्त क्षेत्रमा बस्ने सबैलाई घर भित्रै रहन आग्रह गरेको बताइएको छ।