• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    नववर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना !

  • वीरगंज संजाल
  • १ बैशाख २०७७, सोमबार ०६:४३
  • १३८०९

    नववर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना ! आजको दिनबाट हामी एउटा फरक वर्षमा प्रवेश गर्दैछौं र यो नव वर्ष अन्य नव वर्षहरु भन्दा फरक अवश्य छ। यसपाली नव वर्षमा हामी एक अर्कासँग अङ्कमाल गरेर हैन, सामाजिक दूरी कायम राख्दै एक अर्कालाई शुभकामना व्यक्त गर्दैछौं। यो नव वर्षको उत्साहलाई हामी घुमफिर गरेर हैन, घरकै आँगनसम्म सिमित राख्दैछौं। विश्वभर फैलिएको कोरोना महामारीको रोकथामको निमित्त सरकारले गरेको लकडाउनको ससम्मान पालना गर्दै सम्पूर्ण नेपाली मनहरु घरमै सतर्क अनि सुरक्षित बसेर यो नयाँ वर्षमा एउटा नयाँ उदाहरण बन्ने छौं। हाम्रो समाजमा एउटा भनाइ निक्कै चर्चित छ “नयाँ वर्षको दिन जे गरिन्छ, वर्षभरी त्यहि चलीरहन्छ” । यस अर्थमा हामीले बुझ्न सक्छौं आजको दिन सुरक्षित भएर आआफ्नै घरमा बसे सायद हामी वर्षभरी नै यो महामारीबाट सुरक्षित रहनेछौं।



    आउनुहोस् नेपालीहरुको नव वर्षको यो दिनमा सम्पूर्ण नेपाली मनहरुलाई मात्र नभई विश्वभर कै मानव जातीको सुस्वास्थ्यको कामना गरौं। हामीले कोरोना विरुद्ध यो लडाई छिट्टै जित्नेछौ। यो नेपाली नव वर्ष विश्वको लागि नै सुरक्षित अनि स्वस्थ्य साबित होस्।
    नववर्ष २०७७ को हार्दिक मंगलमय शुभकामना! हर पाइलाले सफलता चुमी रहोस् ।
    हरेक बर्ष पुरानो क्यालेन्डर च्यातेर नयाँ पाना पल्टाँउदा नयाँ पानाहरु संगै नयाँ अवसर र आशाहरु पनि देखा पर्दछन् । यी बर्षहरु भनेका किताबका नयाँ अध्यायहरु झैं हुन् जसको आँउदा अध्यायहरु पनि पढ्न अनि पल्टाउन बाँकी उत्साहजनक पानाहरु जस्ता हुन् । लेखिन बाँकी कापीका सादा पानाहरु जस्ता जहाँ दिनहरुले अनि महिनाहरुले बाँच्दै जाँदा अनि हाँस्दै रुदै जाँदा अनुभवका अक्षरहरु भर्दै जान्छन् ।



    अर्कोतर्फ गत वर्ष मा हामीले मारेको फन्को पनि उत्तिकै उल्लेख्य छ । गएका वर्षहरुका राम्रा नराम्रा अनुभव, याद अनि कदमहरु संगाल्दै स्वागत छ वर्षको यो नयाँ सस्करणमा ।
    शुभकामनाका खातहरु अनि शुभेच्छाका मालाहरु चढाउन चाहन्छ हाम्रो पात्रो, नव बर्ष २०७७ को । सिरुवाको शुभकामना ! जुटशितलको शुभकामना !! बैशाखीको शुभकामना !!!
    विद्यालय जीवनमा फिल्मी हिरो अनि हिरोईनका तस्विरमा लेखिएका शायरी तथा शुभकामना सन्देश प्रेषण गरिने कार्डहरु देखि हिजोआज फेसबुक अनि ट्वीटरका भित्ताहरुमा लेखिने शुभेच्छा सम्म, नयाँ वर्षमा आमाले पकाउनुभएको सेलरोटी र काक्राको अचार विविध परीकारहरु देखि , विदेश अनि खाडीका मरुभूमीमा घर फर्कन क्यालेण्डरमा रातो धर्का कोर्दै बस्नुभएका औंलाहरुसम्म यो नयाँ वर्षको उत्साह अनि उत्सर्गको कमी नरहोस्… तराईको न्यानो रापले हिमाल गलेर बनेको कञ्चन पानी जनजनमा मिठो मुस्कान बनेर शितलता प्रदान गरोस्, सामाजिक अनि नवयूगको फरक चेतले उर्जावान बनेर अब देश माया, प्रेम, सद्भाव, समभाव अनि विश्वासले अघि बढोस्, स्वागत छ यो नयाँ वर्षलाई ।



    जे भयो भयो, नराम्रोले सिकाएर गयो, जे भयो राम्रो त्यसले सजाएर गयो कि कसो ? अबको वर्ष शुभ हुन्छ, सही हुन्छ अनि स्वस्थ्य  र कल्याण्कारी हुन्छ, हाम्रो विश्वाश छ है ।
    आराध्यदेव, राष्ट्रदेव महादेव झै समय पनि शून्य अनि निराकार, अन्त्यहिन अनि बलवान पनि । समयलाई रोक्न, नियन्त्रण गर्न मानिसको वसको कुरो हैन, तथापि मानिसले झिनो साहस गरीरहन्छन् समयलाई आफ्नो प्रकारले गणना गरिरहने । हात या भित्तामा भएको घडी अनि क्यालेण्डरहरुले यस्ता समयको मापन गर्ने गर्दछन्, दिन, घडी, पला, नक्षत्र, पक्ष, मास अनि वर्षहरु फेरिरहन्छन्, सँगै फेरिन्छन् मानिसहरूका पेरिफेरिहरु ।



    फूलेका आँप, लिच्ची, दाना बसेका नासपातीका हाँगाहरु, लहलहाँउदा गहुँका बालाहरुसंगै बसन्त आगमनको सूचक स्वरूप कुहु-कुहु गरेका सुन्दर काली कोइलीका सुमधूर गीतले पनि सबैलाई नव वर्षको शुभकामना सन्देश प्रवाह गरेझै लाग्छ । गत वर्षको तिता-मिठा यादहररूलाई याद मात्रै बनाउँदै भित्ताका क्यालेण्डरहरु पुराना भए, हात-हातमा भएका मोबाइलले डिजिटल क्यालेण्डरका रूपमा अपडेटेड ‘हाम्रो पात्रो’ यहाँहरूकालागि बि.सं. २०७७ का विशेष पारम्परीक चाडवाड, वैदिक कर्मकाण्डि, सामाजिक, राजनीतिक तथा सरकारी सम्पूर्ण आधिकारीक जानकारीका साथ उपलब्ध छ । यहाँहरूले एप्लिकेशनका लागि देखाउनुभएको हाैसलापूर्ण संलग्नता र सल्लाह सुझावले हामी हाम्रा तमाम प्रयोगकर्ताहरूप्रति कृतज्ञ छाैं । बि.सं. २०७७ ले गज्जबसँग सम्पूर्ण नेपालीजनका असल सोंचहरूलाई सफलताका सगरसम्म डोर्‍याओस्, फलोस फुलोस अनि फक्रिओस् ।



    संसारभरिका मान्छेहरुले विभिन्न प्रकारका आ-आफ्नै सम्बतहरु चलनमा ल्याएका छन् तर बिक्रम सम्वतलाई भने एउटा पुरानो अनि एतिहासिक सम्वतकारुपमा विशेषतः पूर्वीय दर्शन अनि पाैराणीक वैदिक सनातन संस्कारमा ब्याख्या गरिएको छ । बिक्रम सम्वत् अङ्ग्रेजी सम्वत् अर्थात् AD भन्दा ५६ दशमलव ७ वर्षले अगाडी छ । यसबाटै प्रमाणित हुन्छ यसको महत्व अनि मानव सभ्यतामा वैदिक सनातन हिन्दू धर्मको प्रभाव र उमेर । बिक्रम सम्बत् समग्र तिथी मितीहरु पृथ्वी र चन्द्रबिचको कोण अनि अवस्थितीमा फरक पर्दछन्, शायद त्यसैले पनि यसलाई चन्द्रमास भनिएको हुनपर्दछ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता
  • श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद
  • रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु
  • मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    गर्मी नघटेपछि वीरगन्जका विद्यालयहरुमा थप ६ दिन विदा

    सशस्त्र प्रहरी बलद्वारा १८ लाख नगदसहित दुई जना नियन्त्रणमा

    परस्त्रीसँग अवैद्य सम्बन्ध राख्दै गर्दा मालपोतका पियन रँगेहात पक्राउ, घरबाट मालपोतका अवैद्य कागजातहरु फेला

    मिटरब्याजी मन्टुले अदालतबाट पाए सफाइ, पैसा माग्न छोडेनन्

    औषधि मूल्य सिफारिसविरुद्ध वीरगन्जमा मुखमा कालोपट्टी बाँधेर धर्ना

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    नर्सिङ क्याम्पसमा खानेपानी र नालाको समस्या, शीघ्र समाधानको प्रतिबद्धता

    News

    श्रीमतीलाई बलात्कार गरेको कसूरमा श्रीमानलाई ६ महिना कैद

    News

    रौतहटमा चट्याङ लाग्दा एक वृद्धको मृत्यु

    News

    मोतिहारीमा B2B मिटिङ सम्पन्न, सीमाञ्चलमा संयुक्त सहकार्यको प्रतिबद्धता

    News

    सिम्रौनगढमा विश्व रक्तदान दिवसको अवसरमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न, ६८ जनाले गरे रक्तदान

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑