वीरगन्जको अधिकान्स वाड र टोलको प्रबेश अपचित मान्छेलाई प्रबेश निषेध
वीरगंज संजाल
३० चैत्र २०७६, आईतवार १७:०१
६३१७
वीरगन्ज । बिश्वब्यापी रुपमा फैलिएको कोरोना(कोभिड १९) कारण बिश्व नै आक्रन्त भएका कारण र नेपालमा पनि यो भाइरसका बिरामीहरु देखिन थाले पछि सरकारले डाउन गरेको आज (२०) बिसौं दिन।
बिरगंज महानगरपालिका, वडा न. २ छपकैया स्थित मस्जिदमा शंकास्पदरूपमा रहेका २१ जनाको परिक्षण गर्दा त्यस मध्ये तीन जना वर्ष ३७, ५५ र ४४ का पुरुषहरूलाई कोभिड-१९ को शंका लागि नारायणी अस्पताल, बिरगंजमा आईसोलेशनमा राखि तिनिहरूको थ्रोट स्वाब किटजन्य रोग अनुसन्धान तथा तालीम केन्द्र, हेटौडाको ल्याबमा परिक्षण गरिएको थियो |
परिक्षणमा २१ जना मध्ये शंकास्पद (३) तीन जनाको पोजिटिभ देखिएपछि पुन एकिन गर्न राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा मिति २०७६ चैत्र २९, शनिबार पुन परिक्षण गरिएको थियो।
परिक्षण पश्चात् पोजिटिभ देखिए पछि उनिहरुको संसर्ग र गएको स्थान पहिचान गरी कन्टेक्ट ट्रेसिङ्ग गर्ने कार्यहरू भैरहेको स्वास्थ तथा जनसंख्या मन्त्रालयले जानाएको छ |
३ (तीन )जनामा करोना(कोभिड१९) को संक्रमन देखि पछि अहिले वीरगन्ज वासिमा त्रास भैलिएको छ। वीरगन्जको अधिकान्स वाड र टोलको प्रबेश द्धार स्थानिय द्धारा बन्दगरेका छन। गाउँ र टोलमा अपचित मान्छेलाई प्रबेश निषेध गरिको छ।