बाजुरा | बडिमालिका नगरपालिकामा खाद्य संस्थानबाट राहत वितरणका लागि लिएको चामल कुहिएको पाइएको छ। बडिमालिका नगरपालिका–४ मा बाडेको चामल कुहिएको स्थानीय नरेन्द्र नाथले बताएका छन्। आफ्नो टोलमा आएको ६ कट्टा सबै चामल कुहिएको नाथले बताए छन्।
वितरण गर्दा पुरै कट्टा मिलाएर बाँडेको थियो। घरमा ल्याएर खोलेर बाडौँ भन्दा त पुरै चामल कालो ढुसी परेर कुहिएको डल्ला परेको पाइएपछि नगरपालिकालाई फिर्ता लिन आग्रह गरेका छन्। कुहिएको चामल खान मिल्ने भन्दै फिर्ता गरिएको स्थानीयले बताएको छ। वडिमालिका नगरपालिका-४ मा १ सय ७५ जनालाई चामल वितरण गरेको वडा अध्यक्ष सुरेन्द्र नाथले बताएका छन्।
३० परिवारलाई २० केजीका दरले र १ सय ४५ जनालाई १० केजीका दरले राहत वितरण गरेको नाथले बताए। वडा अध्यक्ष नाथले चामल सडीएको स्वीकार गरेका छन्। ओलेना टोलमा ३० केजीका ६ कट्टा चामल सडिएको पाइएकाले खाद्यसंस्थानलाई नै फिर्ता गर्न लागेको उनले बताए।
वडाअध्यक्ष नाथले अरुलाई वितरण गरेको चामल ठिक भएको बताए पनि अन्य वितरण गरिएको चामल पनि खान नमिल्ने अवस्था रहेको स्थानीयले बताए। वडा नम्बर ४ मा ३० केजीका ७० बोरा चामल वितरण गरिएको थियो। चामल नगरपालिकाले खरिद गरेर वडालाई राहतका लागि दिएको थियो।
नेपालखाद्य संस्थान बाजुरा शाखाका प्रमुख मेखराज ओझाले भने गएको वर्षको मौजात रहेको चामल हो, हामीले ३० केजीका बोरा बिझी गरेका हौँ, गोदाम वा ढुवानी गर्दा कुनै कट्टामा खराबी आएकाले यस्तो भएको हुन सक्ने बताए। आफूले बिक्री गर्दा नै त्यस्तो भेटिएमा फिर्ता गर्ने बताएको ओझाले बताए। ६ कट्टा चामल त्यस्तो भेटिएकोले फिर्ता आएको ओझाले बताए।
बडिमालिका नगरपालिकाले १ सय ५० क्विन्टल बडिमालिका नगरपालिकामा राहतका लागि खाद्य संस्थानबाट खरिद गरेर वितरण गरिसकेको छ। नगर प्रमुख पदम बडुवाल भने संस्थानको चामल खरिद गरेर राहत वितरण गर्ने निर्णय अनुसार वितरण गरेको बताए।
‘चामल कुहिएको विषयमा आफूलाई जानकारी नभएको उनको भनाइ छ। ‘चालम त्यस्तो होला भन्ने जानकारी थिएन्’, उनले भने, ‘आज वडा नम्बर ४ मा वितरण गर्दा जनताबाट नै गुनासो आएपछि थाहा पाएँ।’
संस्थानको चामलमा कुनै कैफियत नहोला भनेर खरिद गरेको उनले थपे। त्यस्तो चामल फिर्ता गर्न लगाएको मेयर बडुवालको भनाइ छ। प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने भने यो बारेमा जानकारी नभएको खाद्य संस्थानलाई बुझने बताए।