• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    २६ मुस्लिम धर्मप्रचारकमा कोरोना आशंका, क्वारेन्टाइनमा पठाइयो

  • वीरगंज संजाल
  • ३० चैत्र २०७६, आईतवार ००:२३
  • ४०४३

    वीरगन्ज | प्रहरीले वीरगन्ज २ छपकैयास्थित श्रीराम हल अगाडी मेनरोडमा रहेको मस्जिदबाट दुई दर्जनभन्दा बढी मुस्लिम धर्मप्रचारकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको छ ।


    जिल्ला प्रहरी कार्यालय र वडा प्रहरी कार्यालयको संयुक्त प्रहरी टोलीले मस्जिदमा बसेका २६ जना मुस्लिम धर्मका प्रचारकलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो ।


    प्रहरीले नियन्त्रणमा लिएका अधिकांश भारतको उत्तर प्रदेश र दिल्लीबाट आएका हुन् । मस्जिदमा विगत केहि दिनदेखि बस्दै आइरहेको अवस्थामा प्रहरीले शनिबार बेलुका नियन्त्रणमा लिई क्वारेन्टाइनमा पठाएको हो ।



    कोरोना संक्रमण हुन सक्ने आंशकामा उनीहरूलाई नियन्त्रणमा लिई क्वारेन्टाइनमा राखिएको वडा प्रहरी कार्यालय बिर्ताका प्रहरी निरिक्षक निर्मल पर्नेरुले बताए ।



    बिहीबार छपकैया र बाराको घुसुकपुर मस्जिद गरी २४ जना मुस्लिम धर्मप्रचारक नारायणी अस्पतालमा ‘स्क्रीनिङ’का लागि आएका थिए । चिकित्सकले उनीहरूको स्वाब संकलन गरि प्रदेश नम्बर ३ को हेटौँडा–१० स्थित किटजन्य रोग अनुसन्धान तालिम केन्द्रको प्रयोगशालामा पठाएको थियो ।



    २४ जनामध्ये ३ जनाको रिपोर्ट शंकास्पद देखिएपछि प्रहरीले शनिबार बेलुका छपकैयाको मस्जिदमा पुगेका थिए । प्रहरी नियन्त्रणमा रहेको २६ जनालाई ई रिक्सामा बसाएर अगाडी पछाडी प्रहरीको संयुक्त निगरानीमा वीरगन्जको सिद्धार्थ माविमा संस्थापना गरिएको क्वारेन्टाइनमा पठाइएको हो ।



    उनीहरू मध्ये ३ जनाको रिपोर्टमा कोरोनाभाइरस (कोभिड १९) पोजेभिटको आशंका देखेपछि शुक्रबार तीनजनालाई अस्पतालले मस्जिदबाट ल्याएर आइसोलेसनमा राखेको छ । नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदनकुमार उपाध्यायले बिहीबार स्वाब संकलन गरेर पठाइएको २४ जनामध्येको तीनजना अस्पतालको आइसोलेसन कक्षमा राखिएको बताए ।



    ‘हेटौँडाको ल्याबमा गरिएको परीक्षण शंकास्पद आएको भन्ने सुनिएपछि वडा अध्यक्षसँगको समन्वयमा ३ जनालाई यहाँ बोलाइएको हो,’ मेसु डा. उपाध्यायले भने, ‘शनिबार बेलुकासम्म राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट फाइनल रिर्पोट आएपछि कन्फर्म हुन्छ ।’



    किटजन्य रोग अनुसन्धान तालिम केन्द्रमा शुक्रबार ३५ जनाको कोरोना परीक्षण गरिएको थियो । त्यसमध्ये तीनजनाको नतिजा भने पोजेटिभ हो वा होइन भन्ने खुट्याउन नसकेपछि थप निर्कयोल गर्नका लागि ती नमुनालाई रि–कन्फर्मरेशनका काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको जनाइएको छ ।



    पर्साबाट ल्याइएको स्वाब परीक्षण गर्दा कोरोनाको संक्रमण नेगेटिभ नै हो भनेर किटान गर्न नसकिएको र पोजेटिभ हो भनी निष्कर्षमा पुग्न पनि नसकिएपछि थप परिक्षणको लागि काठमाडौंस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको हो ।



    स्थानीयका अनुसार विगत ९ र १० दिन अगाडिमात्र यी धार्मिक गुरुहरू मस्जिदमा आएका थिए । बिहीबार स्क्रीनिङको क्रममा उनीहरुले आफू भारतबाट ४ महिना अगाडि नै नेपाल प्रवेश गरेको बताएका थिए ।



    नाम उल्लेख नगर्ने शर्तमा नारायणी अस्पतालका एक चिकित्सक भने, ‘उनीहरुले दिएको सूचना सहि नहुन् पनि सक्छ, प्रहरीले अनुसन्धान गर्न जरुरी छ ।’ तीनजनालाई आइसोलेशनमा राखेदेखि नारायणी अस्पतालका चिकित्सक तथा स्वास्थ्यकर्मीले सर्तकता अपनाएका छन् ।



    कोरोना पोजेटिभको आशंकामा नारायणी अस्पतालको आइसोलेशन वार्डमा रहेका तीनैजनाले मनोमानी गर्न थालेपछि प्रहरीले कडा निगरानी बढाएको छ । उपचारमा संलग्न नर्समाथि नै थुक्ने, कोरोना संक्रमण फैलाउँने जस्ता धम्की समेत दिएपछि रातीदेखि कुनैपनि नर्स आइसोलेशन वार्डमा जान सकेनन् ।



    अस्पताल क्वाटरमा बस्नेहरूलाई समेत उनिहरुले धम्काउँने गरेका छन् । आइसोलेशन वार्ड छेउमै रहेको क्वारटरमा प्रवेश गरेर आफू मरेपनि तिमिहरूलाई समेत बाँकी नराख्ने, एकजनाले पाँच जनामा माथि भारी पर्ने जस्ता अशब्द बोल्दै धम्की दिने गरेको क्वाटरमा बस्ने एकजना स्वास्थ्यकर्मीले नाम नलेख्ने सर्तमा बताए ।



    उनीहरूको उर्छिङ्गखल गतिविधिको सिमा पार गरेपछि अस्पतालका मेसु, डा. मदन उपाध्यायले स्वंय प्रहरी लगाएर आइसोलेशन वार्डको कोठामा थुनेर बाहिरबाट ताल्चा समेत लगाएका थिए । उनीहरूको रवैले गर्दा आइसोलेशन वार्डमा नर्स तथा सरफसाइकर्मी समेत जान मानेका थिएनन् । उपचारमा संलग्न चिकित्सक समेत सावधानी पूर्वक उपचारमा लागेका छन । एकजना चिकित्सकले समेत अहिले अस्पतालमा काम गर्न जोखिम नै बढेको स्वीकार गरेका छन् ।



    यसअघि भारत दिल्लीकै निजामुद्दिन मर्कजमा भएको तीनदिने आन्तर्राष्ट्रिय तबलीगी जमातमा सहभागि भई नेपाल फर्केका ४६ जनाभन्दा बढीलाई पर्सा र बाराबाट पक्राउ गरी सम्बन्धीत जिल्लामा पठाईसकेको छ । विशेष सूचनाको आधारमा पर्साको पर्टेवा सुगौली र जगरनाथपुर गाउँपालिकाको विभिन्न मस्जिदमा बसेका २६ जनालाई प्रहरीले पक्राउ गरेको थियो ।


    त्यसैगरी बाराको विश्रामपुर गाउँपालिकामा अवैध रुपमा भारत बाट प्रवेश गरेका २० जनालाई पक्राउ गरी वीरगन्ज स्थित सिद्यार्थ माविमा स्थापना गरिएको क्वारेन्टाईनमा राखिएको थियो । त्यसको भोली पल्ट नै सम्बन्धीत जिल्लाका मोल्वीलाई सुरक्षा निगरानीमा पठाएको छ ।


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु
  • वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन
  • अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी
  • जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    घरायसी विवादका कारण श्रीमतीको हत्या गर्ने पति पक्राउ

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवासुविधा फिर्ता

    साइलेन्सर’ जस्ता सांसदहरु

    सिरहामा शंकास्पद मृत्यु प्रकरणः श्रीमती र एक युवक प्रहरी नियन्त्रणमा

    मधेश प्रदेशसभा सदस्य ललिता दासमाथि लुटपाट प्रयास

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    पर्सामा आफ्नै शरिरमा डिजेल खन्याएर आगाे लगाएका एक पुरुषको मृत्यु

    News

    वीरगञ्ज बजार बन्द र टायर बालेर प्रदर्शन

    News

    अख्तियार प्रमुखसहित यी हुन् सर्वोच्चबाट नियुक्ति सदर भएका ५२ संवैधानिक पदाधिकारी

    News

    जगदम्बा स्टीलमा विस्फोट: उद्योग बाहिर स्थानीयको भीड, स्थिति तनावपूर्ण

    News

    जनकपुरधाममा ज्वाइँले गरे छुरा प्रहार गरी ससुराको हत्या

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑