• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / देश

    ‘शंका मेटियो, मृत्यु जितियो’

  • वीरगंज संजाल
  • २९ चैत्र २०७६, शनिबार १८:३७
  • २६४९

    सुर्खेत |भारतबाट फिर्ता हुँदै गर्दा उनको मनमा ठूलो त्रास थियो। कतै आफूमा पनि कोरोनाको संक्रमण त भएको छैन ? यही आशंकाबीच दैलेखको दुल्लु निवासी विष्णा विष्ट वीरेन्द्रनगरमा स्थापना गरिएको क्वारेन्टाइनमा बसिन्। क्वारेन्टाइनमा बसिरहँदा उनलाई मरिन्छ  भन्नेसमेत लागेको थियो। तर जब उनको रिपोर्ट नेगेटिभ आयो, तब उनको अनुहारमा खुशीका छायो।

    उनी भारतको सुरतबाट दुईसाता अघि नेपाल आएकी थिइन्। त्यही क्रममा उनलाई क्वारेन्टाइनमा राखिएको थियो। रिपोर्ट नेगेटिभ आएको र क्वारेन्टाइन बस्नुपर्ने अवधि पनि पूरा भएपछि उनी शनिबार गाउँ फर्किइन्। क्वारेन्टाइनबाट विदा भएर बाहिर निस्कदै गर्दा विष्णाले भनिन्,‘संक्रमण भएको ठाउँबाट आएकाले हामीमा पनि भाइरस छ होला भन्ने डर थियो, तर परीक्षण गर्दा रिपोर्टमा देखिएन। क्वारेन्टाइनमा बसेर मनको शंका मेटियो, मृत्युलाई पनि जितियो।’

    मजदुरीका लागि भारत गएका कोरोनाको त्रासपछि स्वदेश फिर्ता भएका थिए। लकडाउनको समयमा फिर्ता भएकालाई प्रदेश सरकारले वीरेन्द्रनगरस्थित क्वारेन्टाइनमा राखेको थियो। उनीहरुमध्ये एक सय ८३ जनालाई शनिबार क्वारेन्टाइनबाट घर पठाइएको छ।

    क्वारेन्टाइनमा बस्नुपर्ने अवधि पूरा भएको र उनीहरुको नमूना परीक्षणपछि रिपोर्टसमेत नेगेटिभ देखिएपछि घर पठाइएको हो। ‘सुरुमा क्वारेन्टाइनमा बस्नुपर्छ भन्दा जेलमा हाल्न लागेकी भन्ने लागेको थियो’, सुर्खेतको गुटू घर भएका सुरेन्द्र सुनारले भने,‘बाहिर हल्ला गरेजस्तो होइन रहेछ, क्वारेन्टाइनमा बस्दा हामीलाई कुनै समस्या भएन। बरु परीक्षण भएपछि अब ढुक्क भयौं, गाउँले पनि सुरक्षित हुने भए।’

    क्वारेन्टाइनबाट विदा भएकाले शंका लागेकालाई क्वारेन्टाइनमा बस्न आग्रह गरेका छन्। क्वारेन्टाइनमा नियमित स्वास्थ्य जाँच हुने, मनमा रहेको शंका मेटिने, परिवार र समुदाय सुरक्षित रहने र क्वारेन्टाइनभित्रको सुविधा पनि राम्रो रहेकाले डराउनुपर्ने अवस्था नरहेको उनीहरुको भनाइ छ।

    दैलेख घर भएकी भगवती थापाले भनिन्,‘भारतबाट आउँदा मनमा निकै डर थियो, क्वारेन्टाइनमा बस्नुपर्छ भनेपछि झन् दिमागले नै काम गरेको थिएन। तर क्वारेन्टाइनमा बस्दा सोचेभन्दा राम्रो सुविधा मिल्यो, परीक्षणबाट मनको आंशका पनि हरायो।’

    आफूहरु ढुक्क भएर गाउँ जान लागेको भन्दै उनलेअब छिमेकीले पनि आफूहरुमाथि आशंका गर्ने ठाउँ नरहेको बताए।

    कर्णालीमा अहिले पनि भारतबाट फिर्ता भएका अधिकांश व्यक्ति क्वारेन्टाइनमा बस्न मानिरहेका छैनन्। तर क्वारेन्टाइनबाट विदा भएकाले पनि आफू, परिवार र समुदायका लागि भए पनि क्वारेन्टाइनमा बसेर ढुक्क हुन आग्रह गरेका छन्। गाउँ पुगेपछि यही सन्देश प्रवाह गर्ने र क्वारेन्टाइनमा बस्न आग्रह गर्ने उनीहरुको भनाइ छ।

    वीरेन्द्रनगरमा रहेको क्वारेन्टाइनबाट विदा हुनेमध्ये सबैभन्दा बढी दैलेखका ८७ छन्। यस्तै सुर्खेतका ५७, जाजरकोटका २०, जुम्लाका १६, कालिकोटका ७ र अछामका एक छन्। उनीहरु सबैको रिपोर्ट नेगेटिभ आएको र क्वारेन्टाइन अवधि पनि पूरा भएपछि घर पठाइएको जनस्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतननिधि वाग्लेले बताए। ‘उहाँहरुलाई गाउँ पुगेपछि पनि कम्तिमा एक हप्ताघरमै बस्न भनेका छौं’, उनले भने, ‘सबैको अवस्था सामान्य देखिएकाले घर पठाएका हौं।’

    भारतबाट आएकालाई राख्न प्रदेश सरकारले नेपाली सेनाको सहयोगमा वीरेन्द्रनगरको खुलामञ्चमा चारसय बेडको क्वारेन्टाइन निर्माण गरेको छ। त्यहाँ राखिएका एक सय ८३ जना घर गएपछि अब बाँकी पाँच जना मात्र छन्। उनीहरुको रिपोर्ट आउन बाँकी भएकाले घर नपठाइएको वाग्लेले जानकारी दिए।

    यसैबीच सुर्खेतका विभिन्न १९ स्थानमा क्वारेन्टाइन निर्माण गरिएका छन्। जसमध्ये हाल सात वटा स्थानमा मात्र मानिस बसेका छन्। जहाँ हाल ८७ जना रहेको जनस्वास्थ्य सेवा कार्यालयले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका
  • पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै
  • बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड
  • अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई राष्ट्रपति ट्रम्पको स्वीकृति

    लागूऔषधसहित पोखराबाट चार जना पक्राउ

    राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्‍यो संसद वहिष्कार

    सांसद थापाले च्याते संसदभित्रै बजेट पुस्तिका

    सुरक्षित तथा पर्याप्त खानेपानी पुर्‍याउन सरकार प्रतिबद्ध छ : मन्त्री यादव

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    इरानको सरकारी टिभी ह्याक

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    गोलबजारमा युवतीद्वारा युवकमाथि डेरामै छुरा प्रहार, प्रेम सम्बन्धबाट उत्पन्न विवादको आशंका

    News

    पर्सा–३ मा रुपेश पाण्डे : उदाउँदो राजनीतिक तारा किशोरदेखि युवासमूहसम्मको रोजाइ, ज्येष्ठ नागरिकको भरोसा बटुल्दै

    News

    बाँकेमा अगुवा कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न : मन्त्री राजकुमार गुप्ताको संगठन सुदृढीकरणमा जोड

    News

    अमेरिकाले फेरि विदेशी विद्यार्थीहरूलाई भिसा दिने प्रक्रिया सुरु गर्ने, तर शर्त पालना गर्नुपर्ने

    News

    इरानको सरकारी टिभी ह्याक

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑