• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    गाउँपालिका अध्यक्षमाथि भारतमा कोरोना ‘घुसाए’को आरोप, भन्छन्, ‘मलाई बदनाम गरियो’

  • वीरगंज संजाल
  • २८ चैत्र २०७६, शुक्रबार १८:३६
  • ५१३५

    वीरगन्ज | भारतीय सुरक्षाकर्मी र मिडियाले पर्साको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष जालीम मियाले भारतमा कोरोनाको महामारी फैलाउने षडयन्त्रमा लागेको आरोप लगाएका छन्।


    भारतको टिभी ९ र न्युज १८ टेलिभिजन च्यानलले नेपालको पर्साको जगरनाथपुरको जानकीटोला निवासी जालीम मिया मुखिया नामका व्याक्तिले नेपालबाट कोरोनाका शंकास्पद ४० देखि ५० बिरामीलाई भारतमा घुसपैठ गराएको खबर भारतीय सुरक्षाकर्मीको हवाला दिएर प्रशारण गरेका छन्।


    गाउँपालिका अध्यक्ष मियाले भने भारतीय सुरक्षाकर्मी र भारतीय मिडियाले निराधार आरोप लगाएर आफ्नो चरित्र  हत्या गरेको भन्दै उक्त आरोपको खण्डन गरेका छन्।


    भारतीय टीभी च्यानलबाट प्रशारण भइरहेको उक्त खबर निराधार रहेको भन्दै गाउँपालिका अध्यक्ष मियाले आफूलाई बदनाम गराउने नियतले चरित्र हत्या गरिएको बताए।


    मिया, नेकपा प्रदेश २ प्रदेश कमिटी सदस्य पनि हुन्। ‘भारतीय सुरक्षाकर्मीको हवाला दिएर इण्डियन मिडियाले मलाई बदनाम गरिरहेका छन्’, शुक्रबार दिउँसो  टेलिफोन कुराकानीमा मियाले भने, ‘मविरुद्ध फसाउने नाटक रचिरहेका छन्, मेरो चरित्र हत्या गरिएको छ।’


    यो विषयमा आफूले पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीलाइ फोन गरेर जानकारी गराएको मियाले बताए। ‘सीडीओसाबले मिडियमा आएको कुरा सबै सत्य हुदैन, तपाईं आफै एउटा सरकार प्रमुख हो, नआत्तिनुहोस्’, भनेको उनले सुनाए। मियालाई भने यो खबरले तनाव दिएको छ। ‘ भारतीय मिडियाको झुठो खबरले म निक्कै तनावमा छु’, उनले भने।


    भारतीय मिडियाले प्रशारण गरेको खबरमा भने जिल्ला पर्सा, ग्राम जगरनाथपुर, पोस्ट जानकी टोला निवासी जालीम मिया मुखियाले नेपालबाट कारोनाका ४०/५० शंकास्पद भारतीय बिरामीलाई भारतमा घुसपैठ गराएको उल्लेख छ।


    अहिले पनि जालीमले भारतमा कोरोनाको महामारी फैलाउने योजना बनाइरहेको भनेर पनि खबरमा उल्लेख छ। यसका साथै जालीम, नेपाल भारतमा अवैध हतियार र जाली नोटको तस्करीमा पनि सलंग्न रहेको भनेर पनि खबरमा उल्लेख छ।


    बिहार पश्चिम चम्पारणका जिल्ला पदाधिकारी कुन्दन कुमारले पर्सासँग सीमा जोडिएका बिहारका ७ जिल्लाका प्रमुख र सुरक्षा अधिकारीलाई अप्रिल ७ तारिखमा पठाएको पत्रमा पनि नेपालको जिल्ला पर्सा, ग्राम जगरनाथपुर, पोस्ट जानकीटोला निवासी जालीम मिया मुखियाले भारतमा कोरोनाको महामारी फैलाउने योजना बनाइरहेको भनेर उल्लेख छ।


    उक्त पत्रमा वीरगन्जसंग सीमा जोडिएको बिहार रक्सौलको पनटोका रामगढवास्थित भारतीय सीमा सुरक्षा बल (एसएसबी) ले नै अप्रिल ३ तारिखमा पत्र लेखेर जालीमको गतिविधिका बारेमा जानकारी गराएको उल्लेख छ।


    पर्साका प्रजिअ कार्कीले भने गाँउपालिका अध्यक्ष मियाले फोन गरेपछि मात्रै यो विषयमा थाहा पाएको बताए।



    भारतीय टिभि च्यानलले प्रशारण गरिरहेको खबरमा देखाइएको बिहार पश्चिम चम्पारणका जिल्ला पदाधिकारी कुन्दन कुमारले पर्सासँग सीमा जोडिएका बिहारका ७ जिल्लाका प्रहरी प्रमुखलाई अप्रिल ७ तारिखमा पठाएको पत्र।


    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न
  • संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा
  • सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट
  • नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    नेपाली कांग्रेसमा सयौंको पार्टी प्रवेश

    वीरगन्ज लेडिज सर्कल ३ द्वारा नारायणी अस्पतालमा फलफुल वितरण

    सामाजिक युवा एकता क्लबद्वारा रक्तदान, ५१ जनाले गरे रक्तदान

    छपकैयाका आलमलाई उपकार सेवा नेपालद्वारा व्हिलचेयर सहयोग

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    बारामा क्रीकेट मैदान नजिक युवककाे शव फेला

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    अनेरास्ववियु पर्साद्वारा ठाकुरराम क्याम्पसमा वृक्षारोपण कार्यक्रम सम्पन्न

    News

    संविधान संशोधन गर्न बनेको ‘शक्तिशाली’ सरकार विधेयक समेत पारित गर्न नसक्ने अवस्थामा

    News

    सिम्रौनगढमा आगलागी, एक घर पूर्णरूपमा नष्ट

    News

    नेसनल एकेडेमी क्याम्पसको २५ औं वार्षिकोत्सवमा विद्यार्थीलाई कपडा वितरण

    News

    कैलालीको लम्कीचुहामा सह–लगानी खानेपानी आयोजनाको दोस्रो चरण शिलान्यास सम्पन्न

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑