६ सय ६० जनाको कोरोना परीक्षण गरिएकोमा सबैको रिपोर्ट नेगेटिभ
वीरगंज संजाल
२८ चैत्र २०७६, शुक्रबार १७:२०
२४०५
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले २४ घण्टामा ६ सय ६० जनाको कोरोना परीक्षण गरेको जानकारी दिएको छ । कोभिड–१९ को संक्रमण आशंका गरिएका सबैको नतिजा नेगेटिभ आएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए ।
हालसम्म ३ हजार ५ सय २४ जनाको नमूना परीक्ष गरिएको र अहिले परीक्षणको क्रममा रहेका नमुनाको संख्या आठ सय बढी रहेको उनले बताए ।
यस्तै देशभर क्वारेन्टाइनमा ८ हजार ६ सय ६० जना छन् भने आइसोलेसनमा १ सय २५ जनाको उपचार भइराखेको छ । उपत्यका भित्र आइसोलेसनमा १५ र बाहिर एक सय १० जना रहेको देवकोटाले जानकारी दिए।
अहिलेसम्म र्या्पिड टेष्ट सबै प्रदेशमा पाँच हजारको दरले वितरण भएको छ । र्या्पिड टेष्टमार्फत् कैलाली ३३९, कञ्चनपुर १३७, कपिलवस्तु २१, बागलुङ १९ जनामा भएको परीक्षणको सबै रिपोर्ट नेगेटिभ आएको छ ।