मलेसियामा जारी मोभमेन्ट कन्ट्रोल अर्डर(लकडाउन)अप्रिल २८ तारिखसम्म थपियो
वीरगंज संजाल
२८ चैत्र २०७६, शुक्रबार १५:०१
१५४९७
मलेसिया । अहिले बिश्वब्यापी माहामारीको रुप लिएर फैलिरहेको कोरोना भाइरसको संक्रमणले मलेसियामा पनि ६७ जनाको मृत्यु भएको र ४ हजार २ सय २८ जना संक्रमित फेला परेका छ्न
सरकारले गएको महिना मार्च १८ तारिखदेखि नै कोरोनालाई मलेसियामा नियन्त्रण गर्न , अन्य मानिसमा फैलिन नदिन मोभमेन्ट कन्ट्रोल अर्डर ( लकडाउन ) जारी गरेको थियो । दोस्रो चरणको लकडाउन अवधी अप्रिल १४ तारिखसम्मको लागी तोकिएको थियो ।
तर मलेसियामा मोभमेन्ट कन्ट्रोल अर्डरको अवधी बढाइएको छ्न । आज मलेसियाको प्रधानमन्त्री मुहमदिन यासिनले जनताको नाममा सम्बोधन गर्दै मोभमेन्ट कन्ट्रोल अर्डर दुई हप्ता बढाएर अप्रिल २८ तारिख सम्मको लागी थप गरेको बताएका छ्न ।
कोरोना भाइरसले ज्यान जानेको संख्या दिनानुदिन बढ्दै गरेको मलेसियाको स्वास्थ्य मन्त्रालयको तथ्यांकले देखाउछ।कोरोनालाई नियन्त्रण गर्ने एकमात्रै विकल्प लकडाउन भएकोले यस् अवधीलाई लम्ब्याइएको प्रधानमन्त्रीले सम्बोधन गर्दै बताउनु भयो ।