भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई सय नाघ्यो, संक्रमित छ हजारमाथि
वीरगंज संजाल
२८ चैत्र २०७६, शुक्रबार ०५:३७
२९३७
भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय नाघेको छ।बिहीबारसम्म भारतमा कोरोनाभाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई सय पाँच पुगेको हो। त्यस्तै संक्रमितको संख्या छ हजार नाघिसकेको छ।
अहिलेसम्म त्यहाँ छ हजार तीन सय १६ संक्रमित र त्यसमध्ये ५५ सय ६३ उपचारतरत छन्। महाराष्ट्रमा कोरोनाभाइरसको संक्रमणबाट सबभन्दा धेरैको मृत्यु भएको छ।
त्यहाँ ८८ जनाको मृत्यु भइसकेको छ भने १ हजार २ सय ९७ जना संक्रमित बिरामीहरू रहेका छन्।
कोरोनाभाइरसको रोकथाम तथा नियन्त्रण गर्न भारतमा २१ दिने लकडाउन जारी गरिएको छ।
अप्रिल १५ पछि पनि लकडाउन लम्बाउने तयारी गरिरहेको प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार बताएका थिए।
कोरोनाभाइरसको संक्रमण तीव्र गतिमा बढिरहेको बेला लकडाउन खोल्न नसकिने बताएका थिए।