पर्सा | नेपालीको अवस्था बुझ्न भन्दै भारतकाे क्वारेन्टाइन पुगेका पर्सा क्षेत्र नं. १ का सांसद प्रदिप यादवलाई क्वारेन्टाइनमा राखिएकाे छ ।भारतकाे रक्साैल स्थित क्वारेन्टाइनमा रहेका नेपालीहरुसंग बुधबार भेटन गएका सांसद यादवलाई क्वारेन्टाइनमा राखिएकाे पर्साका प्रमुख जिल्ला अधिकाकारी बिष्णु कुमार कार्कीले वताउनु भयाे ।
सांसद यादव सहित उहाँसंग सिमापारी गएका २ जना पत्रकार र एक जना ड्राइभर गरी ४ जनालाई सेल्फ क्वारेन्टाइनमा राखिएकाे अधिकारी कार्कीले जानकारी गराउनु भयाे ।