लकडाउन प्रभावित परिवारका लागि कानु परिवार द्वरा ४९ परिवारलाई राहत वितरण
वीरगंज संजाल
२७ चैत्र २०७६, बिहीबार १२:२०
३७९३
पर्सा | आयुष वर्णवाल | कोरोना भाइरसको संक्रमणलाई फैलन नदिन र यसको रोकथाम– नियन्त्रण गर्न सरकारले जारी गरेको लकडाउनबाट अत्यावश्यक सेवा बाहेक सबै बन्द गरेको, मानिसलाई घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा बहुदरमाई नगरपालिका-०४, डकैलाबहुअरिका स्व. असर्फी प्रसाद कानु का छोरा शार्मा प्रसाद शाह र बिक्रम शाह कानु द्वारा ४९ वटा परिवारलाई राहत वितरण गरिएको छ |
बहुदरमाई नगरपालिका-०४ भित्र वसोवास गर्दै आएका असहाय, अति विपन्न र दैनिक ज्यालादारी गर्ने व्यक्तिहरु यसबेला खाना, खाजा नपाएर समस्यामा परेका छन्।
‘यस्ता बर्गको पहिचान गरेर प्रती परिवारलाई १० किलो चामल, २ किलो दाल, १ किलो नुन, २ किलो आलु राहत वितरण गरिएको छ |