काठमाडौं | कोरोनाभाइरस (कोभिड(१९) संक्रमणले अमेरिकामा थप एक नेपालीको मृत्यु भएको छ ।
सोलुखुम्बुको सोताङ गाउँपालिका–४ दिम्बल घर भइ १३ वर्षदेखि अमेरिका बस्दै आएका ङिमा तेम्बा शेर्पाको मृत्यु भएको हो ।
ङिमाको बुधबार बिहान उपचारका क्रममा क्विन्सको एल्मस्र्ट अस्पतालमा मृत्यु भएको उनका दाजु ल्हाक्पा युला शेर्पाले पुष्टि गरेको संयुक्त शेर्पा संघ अमेरिकाले बताएको छ ।
उनी शेर्पा किदुगका आजीवन सदस्य थिए । शेर्पाका एक छोरा र एक छोरी छन् ।
शेर्पाको मृत्युसँगै अमेरिकामा कोरोनाका कारण मृत्यु हुने नेपालीको संख्या दुई पुगेको छ ।
यसअघि ५० वर्षीय अनिल सुब्बाको कोरोना संक्रमणले मृत्यु भएको थियो ।