• Home
  • समाचार
  • देश
  • मधेश
  • मुख्य समाचार
  • Breaking News
  • वीरगंज संजाल बिशेष
  • राजनीति
  • विश्व
  • स्वास्थ्य
  • विचित्र संसार
  • दैनिक पत्रिका-e-Papper
आज:
    • समाचार
      • मुख्य समाचार
      • राजनीति
      • बिशेष
    • प्रदेश
      • प्रदेश नं.१
      • मधेश
      • बागमती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदूरपश्चिम
    • विश्व
    • स्वास्थ्य
      • पोषण
      • सौन्दर्य
      • जीवनशैली
    • शिक्षा समाचार
      • अन्तर्वार्ता
      • कविता
    • Tech News
      • Mobile Phones
      • विचित्र संसार
    • खेलकुद
      • देश
      • विदेश
    • अर्थतन्त्र
      • बैंक
      • बिजनेस
      • बाणिज्य
    • अन्य
      • दैनिक राशिफल
      • Birthday/Anniversary
      • दैनिक पत्रिका
    होमपेज / Breaking News

    सिरहाका दलित बस्तीमा छैन राहत

  • वीरगंज संजाल
  • २६ चैत्र २०७६, बुधबार २३:२७
  • ३३३१

    सिरहा |  मजदुरीमा दिनभर खटेर गुजारा चलाउँदै आएका जिल्लाका दलित बस्ती लकडाउनको समस्यामा परेका छन् । लकडाउनका कारण १६ दिनदेखि मजदुरीमा खटन नपाउँदा जिल्लाका भूमिहीन सुकुम्बासी मुसहर परिवारलाई छाँक टार्न मुश्किल परेको छ ।

    सिरहाको धनगढीमाई नगरपालिका–१२ आहालेडाँडा दलित मुसहर बस्तीका सुदवा र देवी सदाय दम्पति छिमेकीबाट पैॅचो गरी ल्याएको चामल पकाएर भोक टार्दै । तस्बिर : भरत/कान्तिपुर

    कतिपय छरछिमेकबाट चामल पैॅचोगरेर गुजारा चलाइरहेका छन् भने धेरैजसोको चुल्हो बल्न छोडेको छ ।

    धनगढीमाई नगरपालिका १२ आहालेडाँडाका मुसहर बस्तीमा छाँक कसरी टार्ने भन्ने समस्या सुरु भएको छ । २१ घरधुरी भूमिहीन सुकुम्बासी मुसहर समुदायको बसोबास रहेको बस्तीका उनीहरु मजदुरीमा खटेर गुजारा चलाउँथे । काममा जान नपाएकाले उनीहरुलाई भोको पेटले सताउन थालेको छ ।

    ६० वर्षीय सुदवा सदाय मुसहरले अहिलेसम्म छिमेकीबाट पैॅचो ल्याएर छाँक टारेपनि अब छिमेकीले समेतपैॅचो दिन नसक्ने बताएपछि पीरलो बढेको गुनासो पोखे । ३ छोरीको विवाह भएपछि सुदवाको परिवारमा उनी र पत्नी देवी मात्र छन् । उनीहरुले मजदुरीमा खटेर गुजारा चलाउँदै आएका थिए ।

    आहालेडाँडाजस्तै ४५ घरधुरीको बसोबास रहेको सीमलटोकी मुसहर बस्तीमा समेत छाँक टार्ने पीरलो बढेको छ । पूर्व–पश्चिम राजमार्गदेखि ५ किलोमिटर उत्तर गोलबजार नगरपालिका–१० स्थित घुर्मिखोला किनार धोवियाधारका ४० घर परिवारको बसोबास रहेको सदाय मुसहर बस्तीमापनि भोक कसरी टार्ने पीरलो बढेको छ । दैनिक ज्यालादारीले जीवन धान्दै आएका उनीहरु मजदुरीमा जान नपाएपछि समस्यामा परेका हुन् ।

    मजदुरीमा जान नपाएपछि बस्तीका ३५ वर्षीय लालदेव सदायले तीन छोरी र पत्नीसहित पाँच जनाको परिवारको लागि चुल्होमा आगो बाल्न कठिन भएको सुनाए । ‘पेटले त भोक सहदैन्,’ उनले भने, ‘भोको पेटले आहारा माग्छ, पेट भर्न आहाराको जोहो छैन ।’

    आहालेडाँडा, सीमलटोकी, धोबियाधार जस्तै सिरहामा दलित मुसहर समुदायमा छाँक टार्ने समस्या बढेकाले तत्काल राहतको व्यवस्था गर्नुपर्ने नेपाल राष्ट्रिय मुसहर संघका महासचिव रामस्वरुप सदाले बताए । तथ्यांक विभागका अनुसार सिरहामा मुसहर समुदायको जनसंख्या ३९ हजार ९ सय २९ छ ।

    ‘दलित मध्येपनि ज्याला मजदुरीमा खटेर गुजारा चलाउने मुसहर समुदाय लकडाउनको बढी मारमा परेका छन्,’ उनले भने, ‘दिनभर मजदुरीमा खटेर चामल किनेर चुल्हो बाल्ने उनीहरुका लागि स्थानीय तहले तत्काल खाध्यान्न उपलब्ध गराउन आवश्यक छ ।’

    कोष खडा गर्दै स्थानीय तह

    सिरहाका स्थानीय तहले भने सुकुम्बासी, दैनिक मजदुरीमा खटेर गुजारा चलाउने दलित परिवारका लागि राहत कोष खडा गरेका छन् । उनीहरुले आफूले खडा गरेको राहत कोष विभिन्न संघसंस्थालाई सहयोग गर्न आव्हान गरेका छन् । लहान नगरपालिकाले १ करोड र सिरहा नगरपालिकाले १ करोड १० लाखको कोष खडा गर्दै कोषमा सहयोग गर्न संघसंस्थालाई सहयोग गर्न आग्रह गरेका छन् ।

    धनगढीमाई नगरपालिकाले नगर क्षेत्रका संघसंस्था, उद्योगलगायत मनकारीलाई सहयोग गर्न आग्रह गर्दै सूचना जारी गरेको छ ।

    लहान नगरपालिकाले १०, १३, १५ र २४ वडाका १ हजार ७ सय ६९ विपन्न परिवारलाई बुधबार राहत वितरण गरेको जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित समाचार
  • रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो
  • तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री
  • पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक
  • इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण
  • समाचार खोजनको लागि याहा

    • पछिल्ला
    • मुख्य
    • लोकप्रिय

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    मुस्ताङ प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदै

    डोनाल्ड ट्रम्पले भने ‘म फर्कनुको युद्धबिरामसँग कुनै सरोकार छैन’

    तोलामा २५०० ले घट्यो सुन मूल्य

    म्याग्देका ४८ विपन्न परिवारलाई घर हस्तान्तरण

    पटेर्वा सुगौलीको मुख्य प्राथमिकतामा कृषि,शिक्षा,स्वास्थ्य र पर्यटन : उपाध्यक्ष महत्तो

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    बारामा प्रहरी र स्थानीय बिच झडप ,हवाई फायर ,एक गम्भीर

    वीरगंज अन्तर्गत पर्ने अलौंमा सशस्त्र प्रहरी द्वारा एक राउण्ड हवाई फायर

    सुर्खेतमा मंगलबार थपिए १२ संक्रमित

    स्वास्थ्य मन्‍त्रालयको नियमित पत्रकार सम्मेलन (लाइभ)

    रौतहटमा एकैदिन थपिए ५६ जना कोरोना संक्रमित

    वीरगञ्जको आदर्शनगरका थप एक जनाको कोरोना संकमणबाट मृत्यु

    काेराेनाबाट वीरगञ्जमा थप एक महिलाको मृत्यु

    कोरोना रोकथाम र नियन्त्रणमा कहाँ चुक्यो सरकार ?

    समाचार
    News

    रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

    News

    तरकारी खेतीको ऋण तिर्न एक करोडको जग्गा ६० लाखमा बिक्री

    News

    पाँच वर्षमा पनि सम्पन्न भएन गोलबजार–लगडी–गदियानी सडक

    News

    इजरायल द्वारा इरानको सरकारी टेलिभिजनमा आक्रमण

    News

    बालबालिका मोबाइलको लतमा छन्? यो टिप्स प्रयोग गरेर छुटाउनुहोस्

    < a href="https://birgunjsanjal.com/">

    पत्राचार ठेगाना

    विरगंज स्ंजाल
    ठेगाना - अलौं,वीरगंज-१७ , नेपाल
    सम्पादक/प्रकाशक -कृष्ण कुमार श्रीवास्तव
    प्रबंधक निदेशक -बलिराम श्रीवास्तव
    सम्पर्क ईमेल –[email protected]
    सम्पर्क न +977-9869096688
    जि.प्र.का. दर्ता नम्बर : 300/078/079
    जि.हु.का.प.दर्ता न. : १८६/०७८/७९
    पेन न : न. : 109761983

    फेसबुक

    2025: वीरगंज संजाल तपाईंको आफ्नो न्युज | बिज्ञापन | सम्पर्क | हाम्रो बारेमा Designed by: GOJI Solution
    ↑