रौतहट | रौतहटको देवाही गोनाही नगरपालिका–२ करुनियास्थित मस्जिदमा बसेका नौ पाकिस्तानी धर्मथुरुलाई क्वारेन्टाइनमा राखिएको छ ।
कोरोनाभाइरस (कोभिड–१९) संक्रमणको जोखिम बढेपछि सरकारले आह्वान गरेको लकडाउनका क्रममा देवाहीस्थित मस्जिदमा बसेका ९ पाकिस्तानी धर्मगुरुलाई क्वारेन्टाइनमा राखिएको हो ।
जिल्ला प्रहरी प्रमुख एसपी रविराज खड्काले गत चैत ४ देखि जिल्लाका विभिन्न मस्जिद, मदरसामा रहेका उनीहरुलाई देवाही गोनाही नगरपालिका २ करुनियास्थित मस्जिदमा प्रहरीको निगरानीमा राखिएको छ ।
उनले लकडाउनको समयमा मस्जिदमा बसेको थाहा पाएपछि नियन्त्रणमा लिएर त्यहीँ क्वारेन्टाइनमा राखेको बताए । साथै सबैको स्वास्थ्य परीक्षण र स्वाब टेष्ट गर्ने समेत उनले बताए ।
एक महिनाअघि सप्तरीमा भएको मुस्लिम समुदायको धार्मिक सम्मेलनमा उनीहरु नेपाल आएका थिए ।
यसैगरी चन्द्रनिगाहपुरस्थित एन्फाको महिला फुटबल एकेडेमीमा राखिएका ५० जनाको कोरोना परीक्षणका लागि स्वाब संकलन गरी जनकपुर पठाइएको छ । जनकपुरबाट आज (बुधबार) आएका स्वास्थ्यकर्मीको टोलीले स्वाब लगेका हुन् ।
५४ जना मध्ये ५० जनाको जाच गरिने इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुरका प्रमुख चेत बरालले बताए । अन्य ४ जनापछि आएकाले हुन सकेको छैन ।